२०८३ आश्विन १७ गते
×

Now Playing

असन्तुलित बजेटमाथी छलफल चलाउनुको कुनै अर्थ छैन् : एमाले नेता कँडेल

सुर्खेत । कर्णाली प्रदेशसभा प्रमुख विपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले ल्याएको बजेट निकै असन्तुलित रहेको बताएका छन् । प्रदेशसभाको मंगलबारको बैठकमा बोल्दै उनले असन्तुलित बजेटलाई सन्तुलित बनाउने कुराको टुंगो नगरी छलफल गर्नुको अर्थ नभएको बताएका हुन् । बजेट जाजरकोटको बारेकोटमा मात्र केन्द्रीत भएको उनले बताए ।


नेता कँडेलले नीति तथा कार्यक्रमविपरीत सरकारले बजेटमा टुक्रे योजना समावेश गरेको धारणा राखे । ‘बजेट किताबमा पाँच लाखका योजनासमेत देखिए, यसअघि नै भएका सहमतिको समते पालना गरिएन,’ उनले भने, ‘प्रदेशलाई बनाउने गरी भन्दा पनि बाँड्ने गरी बजेट विनियोजन गरियो, बाँड्ने बजेटमा छलफल गर्न एमाले तयार छैन् ।’ तटबन्धन, सिचाइँ, कृषि सिचाई, पूर्वाधार विकासको नाममा प्रदेश सरकारले पाँच लाखका योजना बाँडेको उनको भनाई थियो ।

नेता कँडेलले बजेट निर्माण गर्ने बेलामा धम्की दिने, दबाब दिने र प्रलोभन दिने को हुन ? त्यसको सार्वभौम सदनलाई जानकारी दिन माग गरे । उनले भने, ‘योजना किताब केर्दा बिचौलियाबाट प्रभाव परेको जस्तो छ, धम्की दिनेको रेकर्ड छ भन्नुभएको छ, यस सदनलाई अर्थमन्त्रीले जानकारी गराउनुपर्छ ।’

असन्तुलित बजेटमाथी छलफल चलाउनुको कुनै अर्थ छैन् : एमाले नेता कँडेल

असार १५ गते सार्वजनिक बिदा

असन्तुलित बजेटमाथी छलफल चलाउनुको कुनै अर्थ छैन् : एमाले नेता कँडेल

फाेरजी सेवा सुचारु भएपछि स्थानीय खुशी

Leave a comment

Your email address will not be published. Required fields are marked *