फाेरजी सेवा सुचारु भएपछि स्थानीय खुशी

राज्यश्वोर मल्ल
मुगु ।
मुगुको छायानाथ रारा नगरपालिका–७ र ८ मा नेपाल टेलिकमको फोरजि सेवा सुरु भएपछि स्थानीय खशी भएका छन् । भरपर्दो इन्टरनेट सेवा नहुँदा यहाँका नागरिक इन्टरनेटका लागि अग्ला डाँडामा जाने गरेका थिए ।

फोरजी सेवा सुचारु भएसँगै स्थानीयहरुलाई देश तथा विदेशमा रहेका आफ्ना आफन्तहरुसँग निर्वाधरूपमा सामाजिक सञ्जालमार्फत भिडियो तथा अडियोमा कुरा गर्न पाउँदा हर्षित बनेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय ताजा समाचार सुन्न, हेर्न र पढ्न पाउँदा खुशी भएको एक स्थानीयले बताए ।






