सहयोगको आवश्यक्ताः मुख्यमन्त्री

सुर्खेत,१५ फागुन  ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सरकार एक्लैले मात्रै खेलकुद पूर्वाधारको विकास गर्न नसक्ने भन्दै खेल क्षेत्रको अगुवाइ गर्ने संघसंस्थाहरुको सहयोग आवश्यक रहेको बताएका छन् ।

नेपाल क्रिकेट संघ ९क्यान० को आइतबारदेखि वीरेन्द्रनगरमा भएको केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले आफ्नो कार्यकालमा प्रदेशको खेल क्षेत्रको विकास लागि अवरोत्र खटिने प्रतिवद्धतापनि व्यक्त गरे ।

सोमबारसम्म चल्ने साधारणसभामा वार्षिक कार्यक्रमका साथै बजेटदेखि विवादित नेपाल टी–२० लिगको विषयमा छलफल गरिने बताइएको छ । गत पुसमा काठमाडौंमा भएको पहिलो संस्करणको नेपाल टी–२० लिगमा विभिन्न विवादेखि स्पट फिक्सिङसम्म भएपछि क्यानको चर्को आलोचना भएको थियो ।

यसका साथै साधारणसभा संघको २०२३ को वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट अनुमोदनको विषयमा पनि छलफल हुने र आर्थिक नियमावली संशोधनको विषयमा पनि छलफल गरिने क्यानले जनाएको छ ।

 

सहयोगको आवश्यक्ताः मुख्यमन्त्री

विश्व गैरसरकारी संस्था दिवस :  समन्वय र

सहयोगको आवश्यक्ताः मुख्यमन्त्री

४ हजारबाट व्यवसाय शुरु, दैनिक ५ लाखको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!