२१ जनाले लिए मनोसामाजिक अपाङ्गता परिचय पत्र

सुर्खेत । वीरेन्द्रनगरमा हाल मनोसामाजिक अपाङ्गताका क्षेत्रमा खुलेर वहस तथा छलफल हुन थालेको छ । यसअघि मनोसामाजिक अपाङ्गताका क्षेत्रमा नागरिकहरु खुल्ला छलफल तथा यसका विरामीहरु समेत समाजमा खुल्न चाहदैनथे । बढ्दो सामाजिक चेतना तथा यस क्षेत्रका अभियान्ता तथा विभिन्न गैरसरकारी संस्थाहरुको पहलमा हाल वीरेन्द्रनगरमा मनोसामाजिक अपाङ्गताका सवालमा खुलेरै छलफल हुन थालेको छ ।

हालसम्ममा मनोसामाजिक अपाङ्गता भएका २१ जनाले परिचय पत्र समेत प्राप्त गरेका छन् । केहि वर्ष अघिसम्म वीरेन्द्रनगरमा अपाङ्गताका क्षेत्रमा मनोसामाजिक अपाङ्गता तर्फ परिचय पत्र समेत वितरण भएको थिएन ।

यसका साथै वीरेन्द्रनगरमा हालसम्म एक सय नौं जना मानसिक अपाङ्गता भएका व्यक्तिको पहिचान भएको राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन ‘कोशिश’का परियोजना अधिकृत महेश भट्टराईले बताए ।

कोशिशद्वारा सञ्चालित ‘साथीसंगी समुह’मा हाल एक सय नौं जना नागरिकहरु आवद्ध भएको उनले जानकारी दिए ।

कोशिशद्वारा वीरेन्द्रनगरमा आईतवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने,
‘कोशिशले वीरेन्द्रनगरमा एक वटा पैरवी समुह र पाँच वटा साथीसंगी समुह गठन गरेको छ । यी समुह मार्फत उक सय नौं जनाले मनोविमर्श सेवा लिईरहनु भएको छ ।’

२१ जनाले लिए मनोसामाजिक अपाङ्गता परिचय पत्र

वीरेन्द्रनगरको नयाँ बजेट पुरानै आयोजना

२१ जनाले लिए मनोसामाजिक अपाङ्गता परिचय पत्र

रैथाने बाली उत्पादनमा सकारात्मक सन्देश !

Leave a comment

Your email address will not be published. Required fields are marked *