तीन अर्ब बढीकाे बजेट ल्याउँदै वीरेन्द्रनगर

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकाे १३ ओै नगरसभा जारी छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षको आर्थिक वर्ष २०८०/०८१ का लागि तीन अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ ।

नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले आज बस्ने नगरसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख माेहनमाया ढकालले भेरी पम्पिङ्ग खानेपानी आयोजना, भुमिहिन सुकुम्वासीका समस्या समाधान, व्यवस्थित नगर, स्वास्थ्य, र शिक्षालाई प्राथमिकतामा राखिएकाे बताईन ।
उनकाअनुसार नगरपालिकाका सबै वडाको स्वास्थ्य क्षेत्रको स्तरोन्नती, शैक्षिक स्तर सुधारका योजना, भवन तथा सडक पूर्वाधार, विभिन्न गौरवको आयोजनालाई समेत नगरपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा समावेश गरी योजनाहरु तयार पारेको छ ।

तीन अर्ब बढीकाे बजेट ल्याउँदै वीरेन्द्रनगर

YUGAAWHAN NATIONAL DAILY (2080-03-10)

तीन अर्ब बढीकाे बजेट ल्याउँदै वीरेन्द्रनगर

वीरेन्द्रनगरको बजेट तीन अर्व

Leave a comment

Your email address will not be published. Required fields are marked *