नेपाल बार एशोसिएसन सुर्खेतको अध्यक्षमा भण्डारी

सुर्खेत । नेपाल बार एशोसिएसन सुर्खेतको साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।

‘विकृति, विसङ्गति तथा भ्रष्टाचारमुक्त न्यायपालिका : व्यावसायीक हक, प्रतिष्ठा र पेशागत मर्यादा’ भन्ने मुल नाराका साथ शनिबार भएको अधिवेशनले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ।

अन्य पदहरुमा सहमति जुटेपनि अध्यक्ष र सचिव पदमा भने निर्वाचनबाट नेतृत्व चयन गरिएको हो। जसको अध्यक्षमा रामबहादुर भण्डारी र सचिवमा खगेन्द्रबहादुर खनाल निर्वाचित भएका छन्।

नेकपा एमाले निटक कानून व्यवसायीहरुको संगठन प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन पिपिएलएबाट अध्यक्षमा अधिवक्ता रामबहादुर भण्डारी र सचिवमा अधिवक्ता खगेन्द्रबहादुर खनालले प्रतिस्पर्धा गरेका थिए।

प्रतिद्धन्दीमा प्रजातान्त्रिक कानून व्यवसायी संघ डिएलएबाट अधिवक्ता हिमालयजंग शाही र सचिवमा नेकपा माओवादी केन्द्रनिकट कानून व्यवसायी संगठनबाट अधिवक्ता शेरबहादुर खत्रीले प्रतिस्पर्धा थिए।

जम्मा ४० जना मतदाता रहेको उक्त निर्वाचनमा कुल ३७ मत खसेको थियो। अध्यक्षमा भण्डारीले २५ मत प्राप्त गरे भने प्रतिद्धन्दी शाहीले कुल १० मत प्राप्त गरेका थिए। सचिव पदमा खनालले २९ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी खत्रीले ८ मत प्राप्त गरेका थिए।

यस्तै, उपाध्यक्षमा अधिवक्ता टोपबहादुर वली, कोषाध्यक्षमा मोतिराम शर्मा, सह–सचिवमा आत्मादेवी श्रेष्ठ र सदस्यहरुमा रत्नबहादुर भण्डारी, डम्बरबहादुर थापा, जागेश्वर उपाध्याय, तेजबहादुर बोहोरा, प्रेमबहादुर फडेरा, उपेन्द्रकुमार रावत, मंगलसेन सार्की, केशवविक्रम खड्का, केन्द्रीय पार्षदमा वरिष्ठ अधिवक्ता प्रेमध्वज शाही, अधिवक्ता गीता कोइराला र अधिवक्ता हस्तराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्।

बार एशोसिएसनका निवर्तमान अध्यक्ष अधिवक्ता नन्दबहादुर भण्डारीको अध्यक्षतामा सुरु भएको उद्घाटन समारोहमा प्रमुख अतिथि एशोसिएसनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता उत्तमप्रसाद आचार्य रहेका थिए।

नेपाल बार एशोसिएसन सुर्खेतको अध्यक्षमा भण्डारी

वीरेन्द्रनगरमा डिभिआइटी एकेडेमी

नेपाल बार एशोसिएसन सुर्खेतको अध्यक्षमा भण्डारी

स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *