वीरेन्द्रनगरमा डिभिआइटी एकेडेमी

सुर्खेत । ‘संस्कार सहितको सिप र शिक्षा आजको आवश्यकता’ उद्देश्यसहित डिभिआइटी एकेडेमी शनिवारबाट सुर्खेतमा सञ्चालनमा आएको छ । विद्यार्थीहरुलाई संस्कारसहितको सिप र शिक्षा प्रदान गर्ने उद्देश्यले डिभिआइटी एकेडेमी सञ्चालनमा आएको हो । एकेडमीको उद्घाटन गर्दै कर्णाली प्रदेशसभा सदस्य पूर्ण बहादुर खत्रीले युग अनुसारको आवश्यकतालाई मध्यनजर गर्दै युवाहरूलाई सीपसहितको ज्ञान प्रदान गरी सक्षम युवा तयार गर्नुपर्नेमा जोड दिए ।


‘आजको युगमा सीप र क्षमता नभएको नागरिकको काम छैन, त्यसैले हरेक नागरिकलाई आत्मनिर्भर बनाउन उनिहरूलाई सीपसहितको ज्ञान प्रदान गर्नु आजको आवश्यक हो ।’ खत्रीले भने, ‘युवाले आफुले सिकेको ज्ञान–सीपलाई आफ्नो परिवार, समुदाय र आफ्नो क्षेत्रमा प्रयोग गरी क्षमतावान बनाउन जरुरी छ ।’
शनिवारबाट सञ्चालनमा आएको डिभिआइटी कोहलपुरपछिको दोस्रो शाखा हो । एकेडेमीले विभिन्न सीपमुलक भाषा, स्कुल तथा क्याम्पस लेभलका ट्युसन कक्षा, ब्रिज कोर्ष, लोकसेवा आयोग, कम्पयूटर कक्षा लगायत सञ्चालन गर्दै आएको छ ।

वीरेन्द्रनगरमा डिभिआइटी एकेडेमी

अर्थ मन्त्रालयलाई दवाव दिने विषय अनुसन्धान हुनुपर्छ

वीरेन्द्रनगरमा डिभिआइटी एकेडेमी

नेपाल बार एशोसिएसन सुर्खेतको अध्यक्षमा भण्डारी

Leave a comment

Your email address will not be published. Required fields are marked *