औलो जित्दै बसेको शहर

सुर्खेत । वि.सं. २०२३ सालभन्दा पहिले वीरेन्द्रनगरमा थारु र राजी जातिहरुको फाटफुट वसोवास वाहेक अन्य जातीको यहाँ वसोवास थिएन । तत्कालिन चौहानचौरको उपत्यका क्षेत्रमा औलो लाग्ने हुँदा सुर्खेत जिल्ला सदरमुकाम गढी गाउँ विकास समिति, गोठिकाँडा नै थियो । पछि ०१९ सालमा, सुरुमा चिसापानी त्यसपश्चात् घण्टाघर नजिक औलो उन्मुलन कार्यालय स्थापना भयो । हालको जिल्ला जनस्वास्थ्य कार्यालय औलो उन्मुलन कार्यालयबाट रुपाञ्तरण भएको हो । ऊ बेला उपत्यकामा यो बाहेक अन्य कुनै पनि सरकारी कार्यालयहरु स्थापना भएका थिएनन् ।

औलो उन्मुलन कार्यालय स्थापना भएर अभियान चलेपछि विस्तारै गोठिकाँडाको बस्ती उपत्यका झर्न थालेको इतिहास छ । तर सुरु-सुरुमा औलोको त्रासले ६ महिना लेक र ६ महिना वेशीमा बसाई सरिरहने वीरेन्द्रनगरमा वि.सं. २०२२ पछि औलो उन्मुलन घोषणा भएसँगै ०२३ साल मंसिरतिरबाट पूणर्रुपमा बस्ती बस्न थालेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका औलो रोगका फोकल पर्सन उदय विसी बताउँछन् ।

त्यसयता नियन्त्रणमा रहेको औलो नौ वर्ष अघि अर्थात् २०७१ सालमा वीरेन्द्रनगरमा नगन्य मात्रामा अर्थात् उन्मुलन हुने अवस्थामा रहेको थियो । तर पूणर्रुपमा नियन्त्रणमा भने आएन । औलो उन्मुलन क्रममा सुर्खेतमा विभिन्न क्षेत्रलाई हव बनाएर औषधी छर्कने, परीक्षण गर्ने र उपचार विधि अपनाइएको उनी बताउँछन् ।

घट्न थाले विरामी

पछिल्लो समय सुर्खेतमा मात्र होइन कणर्ाली प्रदेशमै औलो उन्मुलन हुने चरणमा छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले कर्णालीमा औलो उन्मुलन हुँदैगरेको जनाएको छ । नेपाल औलो रणनीति योजना सन् २०१४-२०२५ अनुसार नेपाललाई सन् २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने सरकारको लक्ष्य छ । पछिल्ला पाँच वर्षको तथ्यांक हेर्ने हो भने कर्णालीमा औलोका स्थानीय रोगीहरुको संख्या ठुलो मात्रामा घटेको छ । स्थानीय रोगीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ भने छिमेकी देश भारत लगायत अन्य देशहरुबाट आउने व्यक्तिहरुमा समेत आयातित औलो कम देखिन थालेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा कर्णालीका चार जिल्लामा दुई सय ३८ जना औलोरोगीहरु रहेका थिए । यी मध्ये ३६ जना विरामी भारत लगायत अन्य क्षेत्रबाट आएका थिए । यसमा सबैभन्दा धेरै मुगुमा एक सय ७३ जनामा स्थानीयस्तरमै संक्रमण हुने औलो देखा परेको थियो ।
यस्तै हुम्लामा स्थानीय तवरको औलोका १३ जना, दैलेखमा ६ आयातित र एक स्थानीय गरी सात जना र सुर्खेतमा ३१ जनामा आयातित र १३ जनामा स्थानीय गरी ४४ जनामा औलो देखा परेको निर्देशनालयको तथ्यांक छ ।

आर्थिक वर्ष २०७६/०७७ मा चार जिल्लाबाट औलो सात जिल्लामा संक्रमण बढ्दा सक्रमितको संख्या ५१ मा झरेको छ । यसमा आयातित औलोका विरामीको संख्या ३७ रहदा स्थानीयस्तरमै औलो संक्रमण भएका विरामीको संख्या १४ जना रहेको थियो । यस आर्थिक वर्षमा पनि औलोका विरामीको संख्या सुर्खेतमा धेरै रह्यो । अघिल्लो वर्ष सुर्खेतमा ४४ जना औलो रोगी रहेकोमा यो संख्या घटेर आयातित १५ र स्थानीय दुई जना गरी १७ पुगेको छ भने सबैभन्दा बढी एक सय ३७ जनाबाट घटेर स्थानीय औलाका रोगीको संख्या मुगुमा दुई पुगेको छ ।

यस्तै हुम्लामा स्थानीय औलो १०, जुम्लामा आयातित एक, कालिकोटमा आयातित १० र स्थानीय एक गरी ११, दैलेखमा आयातित आठ, रुकुमपश्चिममा आयातित औलो एक जनामा भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ६ जिल्लामा सीमित भएको औलो अघिल्ला वर्षहरुको तुलनामा घटेर आयातित १७ र स्थानीय १७ गरी ३४ मा झरेको छ । यस आर्थिक वर्षमा पनि औलोका धेरै १२ जना आयातित र चार स्थानीय गरी १६ जना विरामी सुर्खेतमा रहेका छन् ।

मुगु एक आयातित दुई स्थानीय गरी तीन, हुम्लामा स्थानीय सात, कालिकोट आयातित दुर्ई तथा स्थानीय चार गरी ६, रुकुमपश्चिममा आयातित दुई जनामा औलो देखिदा जुम्लामा भने नियन्त्रण भएको छ ।
यस्तै आर्थिक वर्ष २०७८/०७९ मा आईपुग्दा पुनः सात जिल्लामा पुगेको औलो अघिल्लो वर्षको तुलनामा बढेर आयातित ३० र स्थानीय १८ जना गरी ४८ पुगेको छ ।

सुर्खेतमा सबैभन्दा धेरै आयातित २० र स्थानीय दुई गरी २२ जनामा औलो देखा परेको निर्देशनालयको तथ्यांकमा उल्लेख गरेको छ । औलोको जिल्लागत तथ्यांक अनुसार मुगुमा स्थानीय सात, हुम्लामा स्थानीय आठ, कालिकोटमा आयातित चार, दैलेख आयातित दुई र स्थानीय एक, रुकुमपश्चिम र सल्यानमा आयातित दुई/दुई जनामा औलो पुष्टि भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आईपुग्दा कर्णालीका चार जिल्लामा सीमित हुँदा २३ जनामा औलो पुष्टि भएको छ । यसमा स्थानीय औलोको संख्या घटेर प्रदेशभर सातमा झरेको छ, भने आयातित अर्थात् भारत लगायत अन्य क्षेत्रहरुबाट आएका १४ जनामा औलो देखा परेको छ ।

जिल्लागतरुपमा आयातित रोगीको संख्या सुर्खेतमा सबैभन्दा धेरै १४ हुँदा स्थानीय औलो भने दुई जनामा मात्र देखा परेको छ । यस्तै मुगुमा स्थानीय सात, कालिकोटमा आयातित दुई, दैलेखमा आयातित एक जनामा औलो पुष्टि भएको निर्देशनालयले जनाएको छ । चालु आर्थिक वर्षमा कणर्ालीका अन्य ६ जिल्लामा औलोका विरामी देखा परेका छैनन् । चालु आर्थिक वर्षमा सल्यान, रूकुमपश्चिम, जाजरकोट, डोल्पा, जुम्ला र मुगुमा औलोका विरामी नभेटिएका हुन् ।

नेपाललाई सन् २०२५ भित्र औलो रोग मुक्त पार्ने लक्ष्य राखिएको छ । तर औलो रोगीका विरामीलाई शुन्यमा झार्न नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले बताए । कर्णाली प्रदेशमा औलो रोग सम्बन्धि तालिम प्राप्त जनशक्ति नहुनु, औलो रोग उन्मुलनका लागि प्रर्याप्त बजेटको अभाव, माग अनुसार किट्नाशकयुक्त झुल, विषादी व्यवस्थापन कठिनाइ र हिमाली जिल्लामा औलोका विरामी भेटिदा नियन्त्रणमा चुनौति देखिएको निर्देशक खड्काको भनाई छ ।

औलो जित्दै बसेको शहर

लुम्बिनी प्रदेशमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

औलो जित्दै बसेको शहर

YUGAAWHAN NATIONAL DAILY (2080-01-12)

Leave a comment

Your email address will not be published. Required fields are marked *