जुवाखालबाट दुई लाख १९ हजार नौ सय रुपैया रकमसहित १३ जना पक्राउ

सुर्खेत ।
दुई लाख १९ हजार नौ सय रकमसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ जनालाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक स्थित रहेको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दैलेख जिल्ला दुल्लु नगरपालिका–७ बस्ने अन्दाजी ४६ वर्षीय दिनेश हमाल, सोही पालिका वडा नम्बर १३ बस्ने अन्दाजी ३१ वर्षीय जगत भण्डारी, वडा नम्बर ६ बस्ने अन्दाजी ४९ वर्षीय थिरबहादुर खड्का, वडा नम्बर ८ बस्ने अन्दाजी ३४ वर्षिय लक्ष्मण सिंह, वडा नम्बर ८ बस्ने अन्दाजी २५ वर्षीय अमृत सिंह, वडा नम्बर ६ बस्ने अन्दाजी ३७ वर्षीय शेरबहादुर खड्का, सोहि वडा नम्बर ६ बस्ने अन्दाजी ३४ वर्षीय सन्तोष थापा, डुङगेश्वर गाउँपालिका ५ बस्ने अन्दाजी २९ वर्षीय नेत्र विष्ट, भैरबि गाउँपालिका ५ बस्ने अन्दाजी ४६ वर्षीय रत्नबहादुर थापा, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ४० वर्षीय ओम खड्का, सोहि नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी ४८ वर्षिया सरोज बराल, सोहि नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३० वर्षीय हर्क थापा रहेका छन् ।

प्रहरीका अनुुसार जुवातास खेलिरहेको अवस्थामा नगद दुई लाख १९ हजार नौ सय रुपैया रकम, ५ गड्डी तास र १५ थान मोबाइलसमेत बरामद गरेको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

जुवाखालबाट दुई लाख १९ हजार नौ सय रुपैया रकमसहित १३ जना  पक्राउ

भदौ महिनाभित्र निति, नियमावली तथा निर्देशिकाको काम

जुवाखालबाट दुई लाख १९ हजार नौ सय रुपैया रकमसहित १३ जना  पक्राउ

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *