२०८३ बैशाख २५ गते
×

Now Playing

लागुपदार्थ विरुद्ध एक्यवद्धता आवश्यक !

अदालतका मुद्दाको संख्या हेर्दा मात्र पनि शहरी क्षेत्रका अदालतहरूमा सम्बन्ध बिच्छेद मुद्धापछि बढी मुद्दा लागु पदार्थकै मुद्दा हो । कर्णालीमा लागु पदार्थको दुव्र्यसन साथै यसको अवैध ओसारपसार र त्यसबाट सृजित अन्य अपराधहरु ज्यादै गहन समस्याका विषय बनेका छन् । सुर्खेत प्रहरीले गत असार १ गतेदेखि साउन ३ गतेसम्मको अवधिमा वीरेन्द्रनगरका विभिन्न ठाउँबाट लागुपदार्थ कारोवार तथा सेवनको मुद्दामा २६ जनालाई पक्राउ गरेको छ । सुर्खेतमा मात्रै होइन बर्सेनि कर्णालीका माथिल्ला जिल्लामा सयौँको संख्यामा युवाहरू लागुपदार्थसहित पक्राउ परिरहेका छन् । लागुपदार्थको मुख्य ट्रान्जिट बनेको सुर्खेतबाट यातायातको पहुँच बढेसँगै बिस्तारै दुर्गम जिल्लामा समेत लागुपदार्थ प्रयोगकर्ताहरू बढ्दै गएको प्रहरीको तथ्यांकमा उल्लेख छ । मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु नै लागु पदार्थ हुन् । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागुपदार्थ भन्ने गरिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ ।

कर्णालीले अब प्रशासनिक निकायबाट मात्र लागु पदार्थ नियन्त्रण गर्न असम्भव हुन्छ भन्ने बुझ्नु पर्छ । सबै राजनीतिक दलसँग यसको नियन्त्रणको एजेण्डा बन्नु पर्छ । राजनीतिकको रूपमा राजनीतिक प्रतिवद्धतालाई सँगै लैजानुपर्ने आवश्यकता छ । लागु पदार्थको यो समस्या समाधान गर्न प्रहरी प्रशासन, कानुन व्यवसायी, सरकारी वकिल र अदालतको यो प्रयास पर्याप्त छैन । अर्को अर्थमा भन्ने हो भने यी सम्बन्धित निकायहरूको काममा विश्वसनियताको कमी पनि भएको छ । प्रकृया नपु¥याएको कारण लागु पदार्थको नियन्त्रणमा यथोचित उपलब्धि प्राप्त हुन नसकेको समाजले स्पष्ट महशूस गरेको छ । यसले समाजका मानिसहरु पीडितमाथि पीडित भइरहेका छन् । अभिभावकको हैसियतमा राजनीतिक दल र सम्पूर्ण राज्य नै यसको नियन्त्रयणमा कसरी लाग्नु पर्छ भन्ने सोच्नुपर्ने बेला आइसकेको छ ।

सरकारका तर्फबाट रोजगारीका कार्यक्रम, बाबुआमाले आफ्ना बाबुनानीहरूलाई यथेष्ट समय, समाजमा युवामैत्री वातावरण, उनीहरूलाई समाजिक कार्यमा संलग्न गराउने, टोलटोलमा कला संस्कृति, नृत्य, संगीत, खेलकुद आदिसम्बन्धी कार्यक्रमहरू सञ्चालनमा ल्याउनु पर्दछ । यसरी उनीहरूका रुची अनुसारका रचनात्मक कार्यक्रम समाज र राज्यले दिनु पर्दछ । त्यसको सञ्चालनको जिम्मा पनि युवाहरूलाई नै दिने हो भने हाम्रा सन्तती कि त रोजगार कि त यस्तै रचनात्मक कार्यमा व्यस्त भई कुलतबाट जोगिन सक्छन् । लागुपदार्थको असर तथा प्रभावहरूको प्रचारप्रसार गरिनुपर्छ, लागु पदार्थ ओसारपसार गर्ने र बिक्री गर्नेलाई कडा कानुन बनाई लागु गरिनु पर्ने जिम्मेवारी देखिन्छ । यस्तो व्यवहारिक समस्या समाधानका लागि कर्णालीको सरकारले समेत योजनाबद्ध कार्यनीति बनाउनुपर्छ । नागरिकहरु सामु व्यापकरूपमा प्रचारप्रसार हुनुपर्ने, सरकारी सहयोग मिल्नुपर्ने, गैरसरकारी संस्थाहरूको कार्यमा सरकारले सहयोग पु¥याउनु पर्ने देखिन्छ । यस विषयमा सवसाधारण जनता सबैलाई जागरुक बनाउनु पर्छ ।

लागुपदार्थ विरुद्ध एक्यवद्धता आवश्यक !

२०७९ देखि मनपरी शुल्क असुल्दै लेखापढी व्यवसायी

लागुपदार्थ विरुद्ध एक्यवद्धता आवश्यक !

लम्पीस्किन नियन्त्रण गर्ने खास मोडालिटी चाहियो :

Leave a comment

Your email address will not be published. Required fields are marked *