मुगुमा दुई सातादेखि विद्युत सेवा अवरुद्ध

राज्यश्वोर मल्ल/मुगु । मुगुमा करिप दुई साता विद्युत सेवा अवरुद्ध हुँदा नागरिक अन्धकारमा बस्न बाध्य भएका छन । विद्युत सेवा प्रभावित हुँदा मुगुका नागरिकको दैनिकी कष्टकर बनेको छ भने सरकारी तथा अन्य महत्वपुणर् काम पनि हुन पाएका छैनन् । हरेक बर्ष बर्षाको समयमा गमगाढ विद्युत वितरण केन्द्रको पावर हाउसमा पटक-पटक समस्या आउने र विद्युत सेवा अवरुद्ध हुने गरेको छ । समस्या समधानको लागि काम त गरीन्छ । त्यो प्रभावकारी हुदैन । दीर्घकालीन विकास नहुँदा विद्युत सेवाबाट नागरिकले सास्ती खेप्नु परेको छ ।

२०६८ सालमा स्थापाना भएकोे गमगाढ बिधुत आयोजनामा पटक पटक समस्या आउने गरेको छ । जसका कारण मुगुका तीन हजार एक सय ग्राहक प्रत्यक्ष मारमा परेका छन । विद्युत नहुँदा सरकारी कामकाज बित्तिय क्षेत्रको सेवमामा पनी बाधा पुगेको छ । विद्युत गृहको मुहानामा बालुवा लेदो आउने गरेकाले नहर बन्द भई विद्युत उत्पादन बन्द भएको छ ।
पटक पटक बालुवा हटाउन प्रयास गरेपनी सम्भव नभएको र गत बर्षको बाढीका कारण खोलाले धार परिर्वतन गरेपछि बर्षातको समयमा भल आउने लेदो र बालुवाले नहर जाम हुने गरेको छ । विद्युत गृहमा पटक पटक आउने अवरोध हटाउन गमगाढ बिधुत आयोजनाको दिर्घकालीन समस्या समधानका लागि कतैबाट पहल भएको छैन ।
गत बर्ष मुगु पुगेर बिधुत प्राविधिकरण प्रमुख कुलमान घिसिङ्गले राष्ट्रिय प्रसारण लाई यो असारमा पुर्याउँने उद्घोष गरेपनी त्यो बोलीमा सिमित भयो । जस्का कारण बिकासका दृष्टिले पछि परेको मुगुका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन ।






