प्रहरी हिरासतका लागि पुस्तक

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा स्थापना भएको पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेज बिक्रम बस्नेतको नेतृत्वमा रहेको एकेडेमीका मध्यपश्चिम बिश्वविद्यालयका अध्यक्ष मनिश चन्द, सुर्खेत बहुमुखी क्याम्पसका अध्यक्ष भिम शाही, नगर सचिब सन्देश थापा, हार्बेस्टमुन इङलिस मिडियम बोर्डिङ स्कुल वीरेन्द्रनगर–३ का संचालक ध्रुब भट्टराई, उपप्राध्यापक कमल लम्साल लगायतको टोलि शुक्रवार जिल्ला प्रहरी कार्यलयमा रहेका थुनुवाहरुलाई अध्ययनका लागि स्थापना भएको पुस्तकालयलाई एक सय ९२ थान पुस्तकहरु जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्र सिंह थापालाई हस्तान्तरण गरिएको हो ।

थुनुवा अवस्थामा रहेका नागरिक हरुलाई पुस्तक अध्ययन बाट सकारात्मक ज्ञान्को विकास हुने र समाजलाई सकारात्मक ढंगले सहयोग पुग्ने साथै प्रहरी हिरासत पनि सुधार केन्द्र नै भएकाले सकारात्मक चेत बिकास गर्न पुस्तकको महत्वपूर्ण भुमिका हुने प्रहरी प्रमुख थापाले बताए ।
कार्यलय सुर्खेतमा स्थापना भएको पुस्तकालयमा थप पुस्तकहरू पनि उपलब्ध गराउदै समाजका हरेक तप्काकासँग आफुले अध्ययन गरि सकेका पुस्तकहरु पुस्तकालयलाई सहयोग गर्न एकेडेमीका केन्द्रिय उपाध्यक्ष बस्नेतले अनुरोध गरे ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी भिम ढकालले कर्णालीका सबै जिल्ला प्रहरी कार्यालयमा थुनुवाका लागि पुस्तकालय निर्माण गर्ने कामको थालनी गरिएको बताए ।






