राजतन्त्र र गणतन्त्रलाई फर्केर हेर्दा

मानव समाज विकास क्रम अगाडी बढ्दै जाँदा राज्य व्यवस्थापन पहिलो खुड्किलो कविला राज्यको उत्पत्ती भएको थियो । मानव जनसंख्या बढ्दै जाँदा मानवीय आवश्यकता बढ्दै, खाना लगाउन गरी बाँच्न मानव वस्ती विस्तार हुँदै गएपछि संसारभर कविला राज्य उत्पन्न भएका थिए । ति कविला राज्यहरु पनि एकले अर्को राज्य हरण गरी सम्पत्ती लुट्न नै युद्ध गरिरहन्थे । हाम्रै दक्षिण यसीया को त्यो धार्मिक युग भनिने ग्रन्थहरुमा उल्लेख गरेका तेत्रायुगमा अयोध्याका राजा राम श्रीलंका राजा रावण युद्ध र द्धापरयुगमा कृष्ण, महाभारत युद्ध आफै बोल्छन् । यस्ता घटनाका इतिहास विश्वका अनेकौं ग्रन्थमा पाइन्छ ।
त्यसपछिको युगमा साना–साना कविला राज्य एकिकरण गरी विशाल राज्य बनाउन राजाहरुको नेतृत्वमा विश्वभर नै युद्ध गरेर विशाल राज्य खडा गरेको इतिहास युरोप एसिया अफ्रिकाका विभिन्न राज्यहरुका इतिहास पढ्दा पाइन्छन् । हाम्रोमा पहिले सिंजा सम्राटहरुले दोस्रोमा गोर्खाका राजा पृथ्वीनारायण शाहले एकिकरण गरेको इतिहास साक्षी रहेको छ । ति विशाल राज्यहरु पनि कहिले दरवारिया सत्ता प्राप्त गर्ने भाई भारदारको लडाई कहिले अर्को राज्यको आव्रmमणबाट हरण भएर स्थापित विभिन्न पूरातात्विक अवशेषहरु ध्वस्त बनाएको पनि पाइन्छ ।
समाज विकास मानवीय चेतना विकास हुँदै जाँदा मानव मस्तिष्कले समाज संचालन गर्न विभिन्न धर्मको प्रतिपादन पनि गर्दै गयो । त्यसपछि मानवीय समाज विभिन्न धर्ममा संगठित हुँदै जाँदा राज्य संचालन गर्न धर्मले पनि निर्देशन गर्न थालेको पाइन्छ । धार्मिक विचार प्रतिपादन गर्ने विदुषी मानव भएपनि कालान्तरमा राजा नै धार्मिक संरक्षक हुन पुगेको पनि इतिहास पाइन्छ । हाम्रै दक्षिण यसीयामा हिन्दु कविला राज्य हरण गर्न मुस्लिम वादशाह बनेर हमला गर्दा भारतिय उपमहाद्धिपमा रहेका कविला हिन्दु राजा र प्रजा भागेर दुर्गम पहाडी नेपालको अहिलेको भूभागतिर वस्ती सरेर आएको धेरै इतिहास र वंशावलीमा उल्लेख गरेको पाइन्छ ।
ई.सं. १७ शताब्दी लाग्दा युरोपमा मानवको सट्टा मेशिनले मानवीय आवश्यकता पुरागर्न वस्तुहरु उत्पादन गरिन थाल्यो । पुस्तौ–पुस्ता एकल राजपरिवारले जनतामा राज्यगर्न थालेपछि दैविशक्ति प्रयोग गरेर अन्याय अत्याचार सहित राजाहरुले निरंकुश शासक भएर हत्या–हिंसा समेत गर्न थाले । त्यसको विरुद्ध युरोपबाट पुजीपतिहरु संगठित भएर वहुदलिय प्रजातन्त्र जन निर्वाचित जनप्रतिनिधीबाट शासन चलाउने उत्तम राज्य व्यवस्था भन्ने सिद्धान्त उत्पादन गरी राजा विरुद्ध जनविद्रोह गरी युरोपका कैयो देशका राजाहरुलाई जिलेटिनमा वैधानिक न्यायिक फैसला गरी फ“ासी दिएका थिए । ति धनी पूँजीपतिहरुले विभिन्न पार्टीहरुको स्थापना गरी दलीय प्रतिस्पर्धा गरी निर्वाचित भएर प्रधानमन्त्री, राष्ट्रपति कार्यकारी प्रमुख भएर राज्य शासन गर्न शुरु गरे ।
युरोपबाट नै धर्ममा मात्र नरहेर मानव मस्तिष्कले प्रकृतीसंग मिलेर भौतिक विकास गर्दै मानिसको सट्टा मेसीनले विभिन्न मानवीय आवश्यक वस्तु उत्पादन शुरु गरेर मजदुर किसानको श्रम शोषण गरेर ठुलाठुला धनाढ्य व्यक्तिहरुको उत्पादन हुन थाल्यो । वेलायतमा तिनै पूँजिपतिहरु नै निर्वाचनमा विजयी भएर राज्य सत्ता कब्जा गरी आ–आफ्नो पक्षमा पूँजि उत्पादनमा राज्य शक्ति स्रोत परिचालन गराउन लाग्दा संसदमा नै ठुलो झगडा हुन थाल्यो । त्यसपछि ति धनि पूँजिपति वेलायतीहरुले एउटा अधिकार नभएको रवर स्टयाम्प राजा राखौ भन्ने सल्लाह गरी उनै हत्या गरिएका राजाको छोरीका छोरा फ्रान्सबाट खोजेर ल्याएर संसदिय राजतन्त्र स्थापित गरे । फ्रान्स र अन्य केहि मुलुकहरुमा पुनःराजा फर्काउने काम भएन । त्यही राजाको नेतृत्व कार्यकारी प्रधानमन्त्री बनाएर वेलायतले मेशिन उत्पादित वस्तु विश्व बजार लिएर बिक्री गर्न विश्वभर बन्दुकको बलमा सानाठुला राज्यहरुका राज्यहरण गर्दै विश्वभर आफ्नो उपनिवेश खडा ग¥यो । अन्य युरोपका मुलुकहरुले पनि विश्वका अनेकौं मुलुकहरुमा उपनिवेश खडा गरी प्रजातन्त्र पूँजिवादी व्यवस्था आफ्नो मुलुकमा फस्टाउने काम गरे । त्यहीक्रममा वेलायत भारतलाई उपनिवेश बनाउन आउ“दा नेपालको धेरै भूभाग भारतमा विलय गराएर दरवारले केही नेपाल भूभाग बचाउन राज्य चलाउन अंग्रेजसंग ई.सं.१८१६ मा सुगैली संन्धी गरेको थियो । त्यो सन्धीले पनि चतुर अंग्रेज सन्तुष्ट हुन नसकी राष्ट्रभक्त दरवारियाहरु अन्त्य गर्न जंगबहादुर राणालाई आफ्नो दलालको नेतृत्व शासनमा गराउन कोतपर्व भण्डारखाल पर्वमा ठुलो संख्यामा राष्ट्रभक्क्त दरवारीयाहरुको हत्या गराउन लगाएको थियो । त्यसपछि भारतीय अंग्रेजी उपनिवेशको रक्षा गर्न जंगबहादुरले अंग्रेजको सैनिक युनिटमा गोर्खा रेजिमेन्ट नै तयार गरि विरलाई बहादुर बनाएर यूवाहरुलाई लाहुरे बनाएका थिए ।
यता एक सय चार वर्ष भारतमा अंग्रेजी उपनिवेश रहु“नजेल राणापरिवारको नेपाली जनता माथि अन्धकारको वरवर शासन चलेको थियो । त्यहि समयमा विश्व साम्राज्यवादीहरुले आ–आफुले विश्वभर मानवीय श्रम प्राकृतिक स्रोत शोषण गर्न प्रथम दोस्रो विश्व युद्धमा नेपाली यूवा गोर्खा रेजिमेन्टका प्रथममा २० हजार दोस्रोमा ६० हजार मृत्यू र लाखौं घाईते भएका थिए । त्यसको क्षतिपुर्ती सबै राणा शासकले आफ्नो खल्तीमा राखेका थिए । अंग्रेजको आडमा अडिएको निरुन्कुश राणा शासन भारतिय उपनिवेशबाट गएपछि नेपाली जनविद्रोहमा ढलेको थियो । जनतामा ज्यादती गर्न राणाहरु माथी कुनै कारर्वाही नभएर प्रजातन्त्र प्राप्तपछि प्रधानमन्त्री उनै मोहनशम्सेर राणा हुन पुगे । त्यो पनि राणा, राजा र कांगे्रसविच त्रिपक्षिय सम्झौता दिल्ली साक्षी बसेर सुरुवात बन्न पुगेको इतिहास छ ।
वि.सं. २००७ सालमा प्राप्त प्रजातन्त्र कलिलो अवस्थामा २०१७ मा नै सामान्तहरुको मिलेमतोमा प्रतिगमन हुन पुग्यो । ३० वर्ष एकदलिय पंचायती व्यवस्थाले राजाको नेतृत्व निरुन्कुश शासन चलाइयो । हामी २०४६ सालमा विउझेको समयमा विश्व पुजीवाद विरुद्ध माक्र्स वादी सिद्धान्तमा मजदुर किसान शसस्त्र विद्रोह गरी समाजवादी कम्यूनिष्ट राज्य संचालन भई रुस पुजिवाद तिर उन्मुख भईसक्ने अवस्था चलिरहेको थियो । विश्वका कैयौं मुलुकहरुमा राजाले प्रजातन्त्र दिएर वहुदलिय प्रजातान्त्रिक प्रतिस्पर्धा गरि मिश्रित आर्थिक प्रणाली लागु गरेर समुन्नत राष्ट्र भई सकेका थिए । हाम्रा अहिलेका केहि नेतृत्व कोही वाम कोही दक्षिणपन्थी भै जेल नेल बसी प्रजातन्त्र प्राप्त पछि नेतृत्व भर्खर गरेका थिए ।
२०५२ बाट साम्यवादी राज्यको सपना देखाउदै १० वर्ष माओवादी शासन युद्ध गरेर फेरि दिल्ली साक्षी राखी गणतन्त्र घोषणा गरे । विश्व पूँजिवादीहरुले नेपालका उद्योगधन्दालाई राजसंस्थाले निजीकरण गर्न दिएन भनि राजा विरेन्द्रको वंशनास गरे । विधिवत राजा हुन आएका ज्ञानेन्द्र राजा भए । राजा ज्ञानेन्द्र विश्व सांम्राज्यवादी नया“रुप लिएर आएको पत्ता नपाएर संसद विघठन् दलिय नेतृत्व प्रति नै खनिएर कार्यकारी नेतृत्वमा बन्न पुगे । जसको कारण आमने सामने वन्दुक उठाएका संसदवादी माओवादी एकभएर २०६२÷०६३ मा दोस्रो जनआन्दोलन गरि पुनः वहुदलीय गणतन्त्र स्थापन गरि रातन्त्र अन्त्य गर्न उद्यत हुन पुगे ।
२०७२ सालको संविधान सभाबाट संविधानमा धर्म निरपेक्ष राज्य नेपालको घोषणा गर्न पुगे । संघीय लोकतान्त्रिक गणतन्त्र शक्ति पृथकिकरण देश गएपछि धेरै ठुलठुला सपना दलवादी नेतृत्वबाट जनताले आशा गरेको थिए । पार्टी नेतृत्वहरु भने सत्ता स्वार्थमा लटपटिएर सत्ता भत्तामा प्रजातन्त्रका ३५ वर्ष र गणतन्त्रका १७ वर्ष बितेका छन् । स्वीजरल्यान्ड, डेनमार्क, नेदरल्याड, सिङ्गापुर जस्ता जनता सुखी सम्पन्न बनाउने सपना बाड्न पुगे । यता शासन संचालन गर्दा राज्य स्तरका विभिन्न विकृतीका फेरीस्ता मात्र बाहिर आउने र युवायुवती भाडाको श्रममा पठाउने लाइसेन्छ दिने रेमिट्यान्स खाने संसद बहिस्कार गरि नियम कानून नबनाउने व्रिmया बढ्दो छ ।
हुन त हिजो राणा, शाह कालमा यस्ता विभिन्न फेरिस्त हुन्थे तर ति सूचना संचार खुला नहुनाले बाहिर आउ“दैनथे, जनता सुशीचित हुन पाउदैनथे । आज खुल्ला संचारले पनि जनता सुशीचित भएका हुन् । प्रजातन्त्र, गणतन्त्र स्थापना पछि जुन नेतृत्वले जसरी सुशासनमा अगाडि बढ्नु पथ्यो त्यो बाटो समाउन सकेन । उहि सामान्ती संस्कार बोकेर हरक्षेत्रमा विभेद कायम राख्दै सत्ता स्वार्थ राख्दा नै आज राजा र धर्म पुनःआउनु पर्ने केहि आवाज उठेका छन् । हाम्रो जस्ता अल्पविकशित मुलुकमा निरुकुन्श राजतन्त्र अन्त्य भएपछि जनआन्दोलन आएका वहुदलवादी प्रजातान्त्रिक शक्तिले सुशासन प्रजातान्त्रिक तरिकाले संचालन गर्न नसकेपछि धर्म, जाती, राजा प्रतिगमनकारी शक्ती देशभर विभाजन विलय सम्म गराउन पछिल्लो पटक विश्वका विभिन्न शक्ति राष्ट्रहरु ति कुनै एउटा संगठित गुठलाई गुप्त सर्मथन गरि हातहतियार सल्लाह दिदै आएर लाखौं लाख जनहत्या तहस–नहस विलय बनाएका देश मध्य अफ्गानस्थान, कांन्गो, हैटी, सुडान, सिक्कीम, लिविया हामै्रे सामु छन् । हाम्रा राजा हिन्दुवादीहरुको देश व्यापी जुलुस अग्रगमन लागि हो कि पश्चगमन लागि हो ? बरु यो स्तम्भकारको सल्लाह छ राजा ल्याउने धार्मिक राज्य बनाउने हो भने २०७२ संविधानलाई संसदको बहुमतबाट पास गरेर ल्याउदा शान्ती प्रकृया हुन्छ ! सबै बसेर सल्लाह गरे हुन्छ । ३५ वर्षसम्म बिभिन्न वादको नाममा जनआन्दोलन जनविद्रोहबाट आएको हालको नेतृत्व सामान्तवादबाट बाहिर आउन नसकेको जनतामा अनुभूती छ । हरेक पार्टी भित्र सवल युवा नेतृत्व पार्टीले चयन गर्ने निर्वाचनमा जनमतले विजय गराउनु समय आएको अुनुभूती भएको छ । आज शक्तिशाली राष्ट्र ठूला साना विकसित मुलुकहरु इतिहास पढ्दा यहिबाट अगाडि बढेको पाइन्छ । संविधानमा थप गर्नु पर्ने जुनसुकै स्थानको भएपनि विषय विज्ञ मन्त्री ल्याउने पाँच वर्षभर बदल्न नमिल्ने राष्ट्रपतिलाई जनताबाट निर्वाचित भै आज महिनै पिच्छे सत्ता परिर्वतन अन्त्य गर्ने संबिधान संसोधन गरे कसो होला ? आज संसदीय मोर्चामा गएका सबैले मासिक तलबको अन्त्य गर्दै पुरा समय काम गर्न मात्र मासीक तलब पाउने, बैठकमा मात्र उपस्थित हुने निर्वाचित प्रतिनिधिलाई बैठक भत्ता आते–जाते टिकट भाडा दिए राज्यको ढुकुटी बचत हुन्छ र खाली समय अरु व्यवसाय गरि खान्थे कि ? समानुपातिक कोटा र उपल्लो सदनमा लैजाने खासै जनप्रतिनिधीको उपल्ब्धी पूर्ण अधिकार नभएर राज्यको ढुकुटी खर्च बढेको जनअनुभुती हुन थालेकोले संम्विधानमा त्यो व्यवस्था संसदबाट हटाइ कसो होला ? संघीयता भित्र जिल्ला जनप्रतिनिधी निर्वाचित गर्दा खास काम नभएकोले जिल्ला समन्वय समिति संविधानबाट हटाउन नै उपयूक्त हुनेछ । राजतन्त्र गणतन्त्र व्यवस्थित हुन सके लोकतन्त्र फर्केर हेर्दा यस्तै यस्तै फरक देखिएको छ ।






