कर्णाली नदीमा जिप खस्दा हाम फालेर ज्यान जोगाएका चालकको मृत्यु

सुर्खेत । कर्णाली नदीमा जिप खस्दा हाम फालेर ज्यान जोगाएका चालकको मृत्यु भएको छ । हुम्लाको नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरमा आइतबार विहान कर्णाली नदीमा खसेको जिपबाट हाम फालेर ज्यान जोगाएका जनकपुरका २५ वार्षिय राजेश लामाको मृत्यु भएको हो ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीका अनुसार गम्भिर घाइते लामाको थप उपचारका लागि हेलिकप्टरबाट उद्दार गर्ने तयारी भइ रहेको थियो ।

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जिप च्याछरास्थित कर्णाली नदीमा खसेको थियो । जिपमा चालकसहित १३ जना यात्रु लिएर गएको जिप च्याछहरा भिरमा उकालो चढ्दै गरेको अवस्थामा एक्कासी कर्णाली नदीमा खसेको थियो । उकालो भएका कारण यात्रुहरु भने जिपमा सवार थिएनन् ।

कर्णाली नदीमा जिप खस्दा हाम फालेर ज्यान जोगाएका चालकको मृत्यु

कर्णालीमा वर्षाकाे सम्भावना

कर्णाली नदीमा जिप खस्दा हाम फालेर ज्यान जोगाएका चालकको मृत्यु

बजेट पैतृक सम्पत्ति बाँड्ने दस्तावेज होइन :

Leave a comment

Your email address will not be published. Required fields are marked *