बनगाड क्याम्पसद्वारा स्ववियू पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण

दुर्गा विसी

सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा अवस्थित बनगाड क्याम्पस बनगाड सल्यानमा नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र सहित पदभार कार्यक्रम आयोजना गरिएको छ ।

स्ववियु निर्वाचनमा बनगाड क्याम्पसमा विद्यार्थी संगठन विच सर्वसहमतिमै पदाधिकारी चयन भएको थियो ।

जसमा स्ववियु सभापतिमा अजय विष्ट निर्वाचित भएका छन् । यस्तै उप सभापतिमा सिमा विसि, सचिवमा सुमित्रा केसि, काेषाध्यक्षमा माेलाल साहु,सह सचिव डिलसरि यरी, सदस्यमा शिवा यरी , हिरालाल राेका, इन्द्रा राना र प्रकृति रानासहित ९ सदस्यीय नयाँ कार्यसमिति रहकाे निर्वाचन मण्डल संयोजक वीरेन्द्र शाहीले जानकारी दिए ।

प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा क्याम्पस सञ्चालन समिति अध्यक्ष तथा नगर प्रमुख कर्णवहादुर वुढाथाेकी, नगर उप प्रमुख पुरुषाेतम आचार्य, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तथा वडा नं ६ का वडा अध्यक्ष गणेश विसि, क्याम्पस प्रमुख गणेश चन्द, अनेरास्ववियुका जिल्ला उपसचिव कृष्ण विसि, अनेरास्ववियु क्रान्तिकारीका प्रदेश सचिव ठगेन्द्र पुन लगाएतले नव निर्वाचित पदाधिकारीलाई वधाइ एवम् शुभकामना दिएका थिए ।

बनगाड क्याम्पसद्वारा स्ववियू पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण

कर्णालीमा झण्डै ११ लाख नागरिक छैनन् स्वास्थ्य

Leave a comment

Your email address will not be published. Required fields are marked *