लिफ्ट खानेपानी सञ्चालनमा आएपछि भेरीको पानी पिउनु पर्ने बाध्ययता हट्यो

दुर्गा विसी

सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ स्थित घाँटगाउँमा लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएको छ । नेकपा एमालेका पूर्व प्रदेशसभा सांसद गुलावजंग शाहको सांसद विकास कोषमार्फत ३४ लाख लागतमा आयोजना निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको हो ।

खानेपानी आयोजना सञ्चालनमा आएसँगै घाँटगाउँवासीलाई वर्षौदेखि भेरी नदीको दुषित पानी पिउनु पर्ने बाध्ययता हटेको छ । बिहीबार पूर्व सांसद शाह र वडाध्यक्ष थुमबहादुर विसीले संयूक्त उद्घाटन गरेका हुन् । आयोजनाबाट एक घर एक धाराको अवधारण अनुरुप घाँटगाउँका ४८ घरधुरी लाभान्वित भएका छन् ।

यहाँका नागरिकहरु यसअघि खानेपानी नहुँदा भेरी नदीको धमिलो र फोहर पानी खान बाध्य थिए । आयोजनाबाट वर्षौदेखि खानेपानीका लागि भेरी नदीको भर पर्नुपर्ने बाध्ययता मात्रै होइन पानीजन्य विभिन्न रोगहरुबाट सुरक्षित रहन मद्दत पुग्ने खानेपानी निर्माण समितिका अध्यक्ष सुन्दरा खत्रीले बताइन् ।

लिफ्ट खानेपानी सञ्चालनमा आएपछि भेरीको पानी पिउनु पर्ने बाध्ययता हट्यो

दैलेख ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

लिफ्ट खानेपानी सञ्चालनमा आएपछि भेरीको पानी पिउनु पर्ने बाध्ययता हट्यो

शारीरिक अशक्तलाई घरमै पुगेर नागरिकता

Leave a comment

Your email address will not be published. Required fields are marked *