दैलेख ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
सुर्खेत । दैलेखमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । तल्लो डुंगेश्वरबाट दुल्लुतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिकाको वडा नम्बर १ डाँडापानीमा गएराती दुर्घटना भएको हो ।
दुर्घटनामा परी दुल्लु नगरपालिका–१ का १९ वर्षीया डिलमाया खड्काकाे कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख किशाेर लम्सालले जानकारी दिए । यस्तै साेही ठाउँका १८ वर्षीय जानुकुमारी खड्का र दुल्लु नगरपालिका–५ का १९ वर्षीय भरत शर्मा घाइते भएका छन् ।
उनकाअनुसार उपचार भइरहेका अन्य दुई जना मध्ये शर्माको अवस्था गम्भीर छ भने जानुको सामान्य छ । दुवै जनाकाे प्रदेश अस्पतालमा उपचार भइरहेकाे छ ।