साल अट्किएर सुत्केरीको मृत्यु


जाजरकोट ।
जाजरकोटको कुशे गाउँपालिका–७ समाईलामा एक सुत्केरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कुशे गाउँपालिका– ७ समाईला की अन्दाजी ३५ वर्षीया जानुका नेपाली रहेको जिल्ला समन्वय समिति जाजरकोटका सदस्य विनिता नेपालीले जानकारी दिएका छन् ।
घरमै सुत्केरी भएकी नेपालीको साल अट्किएपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बुझिएको छ ।
विहीबार विहान घरमै छोरीको जन्म दिएकी नेपालीको साल अट्किएर उच्च रक्तस्रावपछि मृत्यु भएको हो ।






