कृषकमुखी हाटबजार बन्नुपर्छ !

वीरेन्द्रनगर नगरपालिकाले वडा नं. १०, दिपनगरमा स्थानीय हाटबजार सञ्चालनमा ल्याएको छ । बिहिवार देखि सञ्चालनमा आएको हाटबजार शुक्रवारका दिन विधिवत रुपमा उद्घाटनको कार्यक्रम समेत छ । मौसमी तथा वेमौसमी खेतीका लागि वीरेन्द्रनगर–१० लगायत ११ र ९ नं. वडा समेत प्रख्यात छन् । यसअघि वीरेन्द्रनगर को तीनकुने चोकमा स्थानीय उत्पादन खरिद गर्ने व्यापारी तथा उपभोक्ताको भिड नै हुने गथ्र्यो । कृषकहरु आफ्ना उत्पादन डोकोमा बोकेरै तीनकुने चोकसम्म विहान सवेरै ल्याईपु¥याउथे । स–साना फुटकर व्यापारी तथा उपभोक्ताहरु त्यही चोकमा डोकोबाट तरकारी खरिद गर्थे । विहान सवेरै ‘मर्निङ वाक’मा हिड्नेहरु समेत तीनकुने चोकमा पुगेर हरिया ताजा तरकारी खरिद गर्ने उद्देश्य लिएका हुन्थे । सडक किनाराबाटै विस्तारै उदाएको व्यवसायले राजमार्गलाई नै अवरुद्द नबनाएको पनि होइन । विहानै सडकका किनारामा भिड जम्मा हुँदा सडक आवागमनमा वाधा पु¥याएको थियो । यसका साथै व्यवसायीक सुरक्षा समेत त्यहाँ थिएन । विहान सवेरै हुने चोरीमा उपभोक्ता र व्यवसायी समेत जोखिममा थिए । यस्ता खाले घटना सो क्षेत्रमा एक–दुई पटक भएको पनि हो । यस अलवा तरकारी ल्याएर चोक पुग्ने कृषक तथा व्यवसायीलाई अन्य समस्या पनि थिए । सडक किनाराबाटै तरकारी बिक्रि गर्नुपर्ने वाध्यताका कारण वर्षातको समयमा निकै सकस हुन्थ्यो ।

अहिले यो वर्षातको मौसम पनि तीनकुने चोकमा तरकारी पु¥याउनेहरुका लागि सकसपूर्ण हुनेवाला थियो । तर, वीरेन्द्रनगर नगरपालिकाको बजेटमा वडा नं. १० ले हाटबजार निर्माण गरेपछि वर्षातमा भिज्दै तरकारी बिक्रि गर्नुपर्ने वाध्यता टरेको छ । चोकदेखि केहि मिटर भित्र व्यक्तिको नीजि जग्गा भाडामा लिएर हाटबजार सञ्चालनमा ल्याइएको हो । अव यहाँ निर्वाध रुपमा कृषकहरुले आफ्ना उत्पादन बिक्रि गर्न सक्छन् । हाटबजारको उद्देश्य भनेकै कृषकका उत्पादन बिक्रि गर्नु हो । खासगरी साना कृषक यसबाट लाभान्वित हुन्छन् । केहि किलोग्राम फलफूल, तरकारी तथा केहि गोटा पशुवस्तुका लागि ग्राहक खोज्दै जान पर्दैन । हाटबजारको उद्देश्य पनि यहि नै हो । दीपनगर चोक क्षेत्रमा तरकारीको व्यवसाय निकै फष्टाएको हो । साना फुटकर व्यवसायीका लागि ताजा तरकारी खरिद गर्ने प्रमुख गन्तव्य बनिसकेको थियो, यो । उपभोक्ताहरु समेत यहाँ सवेरै पुगेर तरकारी खरिद गर्थे । स्थानीय उत्पादन, स्वच्छ र ताजा तरकारी उपब्ध हुने स्थानमा दीपनगर चोकले आफ्नो पहिचान बनाईसकेको थियो । पछिल्लो समय भने सो चोक क्षेत्रमा व्यवसायीको गतिविधि बढेको देखियो ।

भारतबाट आयात भएका तरकारी तथा फलफूलहरु समेत लिएर व्यवसायीका प्रतिनिधिले त्यहाँ बिक्रि गर्न थाले । दीपनगर चोकले यहाँका उपभोक्ताको माग धान्न नसकिरहेको अवस्थामा अन्यन्त्रबाट आयातित फलफूल तथा तरकारी उपलब्ध गराउनु सकारात्मक थियो । तर यसले स्थानीय उत्पादनलाई धक्का दिएको भने हो । स्थानीय उत्पादन तर्फ कम ग्राहक उपलब्ध गराउनुका साथै भारतबाट आयातित तरकारीसँग फेरी प्रतिष्पर्धाको वातावरण सिर्जना भएको हो । यस्ता खाले विषयमा वीन्द्रनगर नगरपालिकाले समयमै ध्यान दिनुपर्छ । हाल सञ्चालनमा आएको हाटबजारलाई कृषक तथा यहाँका स्थानीय उत्पादनमुखी रुपमा सञ्चालन गरिनुपर्छ । यहाँका स्थानीय उत्पादन वाहेक अन्यन्त्रका उत्पादनलाई हाटबजारमा प्रवेश दिनु हुदैन । यसका लागि समयमै नियमहरु बनाएर हाटबजार सञ्चालन कार्यविधिका साथ अघि बढ्नुपर्छ ।

कृषकमुखी हाटबजार बन्नुपर्छ !

कर्णालीलाई संधै चामलकै पिरलो

कृषकमुखी हाटबजार बन्नुपर्छ !

प्रदेश अस्पतालमा दोस्रो पटक सफल मृगौला प्रत्यारोपण

Leave a comment

Your email address will not be published. Required fields are marked *