प्रदेश अस्पतालमा दोस्रो पटक सफल मृगौला प्रत्यारोपण

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताल कालागाउँमा दोस्रो पटक सफल मृगौला प्रत्यारोपण भएको छ ।

बिहिबार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख ड‍ाक्टर पुकारचन्द्र श्रेष्ठ र अस्पतालकाे विशेषज्ञ टाेलीले सफल मृर्गाैला प्रत्याराेपण गरेकाे हाे ।

सरकारकाे सबै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत अस्पतालको तर्फबाट डा. डम्बर खडका र केन्द्रको तर्फबाट डा. पुकारचन्द्र श्रेष्ठले प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण गर्नाका लागि २०७८ चैत्र १० गते गर्न भएको सम्झौता बमोजिम यस अस्पतालमा मिति २०७९ माघ २१ गते पहिलो प्रत्यारोपण सेवा शुरु गरिएको थियो ।

प्रदेश अस्पतालमा नियमित रुपमा प्रत्यारोपण सेवा संचालन गर्ने योजना अनुरुप सम्पूर्ण कानुनी तथा व्यवस्थापकिय प्रक्रिया पुरा गरे पश्चात मिति २०८० असार २८ गते दोस्रो पटक रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. २ निवासी ४४ वर्षिय आमाले ३७ बर्षिय छोरा लाई मृगौला दान गरेकी थिइन ।

आगामी दिनहरुमा प्रदेश अस्पतालमा नियमित रुपमा प्रत्यारोपण सेवा संचालन गर्ने योजना रहेको कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले जानकारी दिए । त्यसको लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउनको लागि केन्द्रमा थप तालिममा पठाउने योजना बनाएको छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मृगौला विरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेशमा नियमित सेवा शुरु गर्न प्राविधिक सहयोग गरेको छ ।

प्रदेश अस्पतालमा दोस्रो पटक सफल मृगौला प्रत्यारोपण

कृषकमुखी हाटबजार बन्नुपर्छ !

प्रदेश अस्पतालमा दोस्रो पटक सफल मृगौला प्रत्यारोपण

वीरेन्द्रनगर १० मा कृषि हाट बजार सञ्चालन

Leave a comment

Your email address will not be published. Required fields are marked *