नागरिक लगानी कोषको प्रादेशिक कार्यालय स्थापना

सुर्खेत । वीरेन्द्रनगरमा नेपाल सरकारको स्वामित्वमा रहेको नागरिक लगानी कोषको प्रादेशिक कार्यालय स्थापना भएको छ । सोमबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले लगानी कोषको प्रादेशिक कार्यालयको उद्घाटन गरेका हुन् ।

शाखा कार्यालय उद्घाटन गर्दे मुख्यमन्त्री शर्माले नागरिकको लगानी नागरिकमै केन्द्रित हुनुपर्ने बताए । शर्माले कर्णालीको स्रोत र साधनलाई समुचित ढङ्गबाट प्रयोग गर्न सके सिङ्गो देशलाई कर्णालीले लगानी गर्न सक्ने दावी गरे । मुख्यमन्त्री शर्माले सिङ्गो राष्ट्रलाई नाफामा लिन कर्णालीलाई समृद्धि बनाइनुपर्ने धारणा राखे ।

कार्यालय स्थापना भएसँगै कर्णालीको आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने र लगानीका अवसरहरू जुटाउनका तथा कर्णालीको पुँजी बजारको विकासका समेत नागरिक लगानी कोषले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

कार्यालय स्थापना भएसँगै अब सुर्खेतबाट नै परिचय पत्र, परिचयपत्र नम्बर वितरण गर्नेदेखि फाँटवारी सङ्कलन तथा इन्ट्रि, हिसाब मिलान जस्ता सेवाहरू प्रवाह हुने जनाइएको छ ।

नागरिक लगानी कोषको प्रादेशिक कार्यालय स्थापना

सूचना दिन डराएका स्थानीय तह !

नागरिक लगानी कोषको प्रादेशिक कार्यालय स्थापना

महिलाको खाद्य तथा पोषण अधिकार सुरक्षित गर्न

Leave a comment

Your email address will not be published. Required fields are marked *