जनस्वास्थ्यमा गम्भिर बन

वीरेन्द्रनगर लगायत कर्णालीको बजारमा अहिले प्रशस्त रुपमा आँप बिक्रिवितरणका लागि राखिएका छन् । यहाँको स्थानीय मौसम भन्दा पहिले नै बजारमा उपलब्ध यी आँपहरु खादा सजकता अपनाउँनु पर्ने भने देखिन्छ । बजारमा ‘क्याल्सियम कार्बाइड’ हालिएका आँप खायौँ भने मानव स्वास्थ्यमा गम्भिर असर पर्छ ।

तर कर्णालीको बजारमा भने भारत लगायत तेस्रो मुलुकबाट आउने यस्ता आँपहरु निर्वाध रुपमा भित्रिरहेका छन् । विहिवार मात्र वीरेन्द्रनगर बजारमा कर्णालीको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले क्याल्सियम कार्बाइड राखेको आँप नष्ट गरेको छ । वीरेन्द्रनगर क्षेत्रमा सञ्चालित तरकारी तथा फलफूलको एक थोक बिक्रेताको पसलमा अनुगमन गर्दा कार्यालयले क्याल्सियम कार्बाइड हालेको आँप फेला पारेको हो । बिहिवार मात्र थोरै परिमाणमा क्याल्सियम कार्बाइड राखिएको आँप फेला परेपनि बजार क्षेत्रमा मात्र यस्ता आँप कति वितरण भएको भन्ने विषयमा कुनै तथ्यांक छैन । खुल्ला नाका तथा कर्णाली प्रदेशको सीमा क्षेत्रमा चेकजाँचको अभावका कारण यहाँको बजारमा अखाद्य वस्तु मिसाइएका फलफूल तथा तरकारी निर्वाध रुपमा प्रदेश पाउँछन् । यसअघि कर्णाली भित्रने फलफूल तथा तरकारीमा विषादी परिक्षणका लागि दुई स्थानमा प्रयोगशाला निर्माण प्रक्रिया अघि बढाइएको थियो । कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेपनि सो प्रक्रियाले भने अन्तिम रुप नै लिएन ।

प्रदेश सरकारले क्वारेन्टाइन बनाउँने प्रक्रिया अघि बढाएको थियो । तर अन्त्यमा काम नै भएन । यो विषय त्यसै सेलायो । क्वारेन्टाइन नभएर कर्णालीमा कस्ता खाले तरकारी तथा फलफूल आउँछन् भन्ने कुनै ठोस तथ्यांक नै छैन । उपभोक्ताले आफ्ना आँखाले हेरेरै तरकारीको पहिचान गर्नुपर्ने अवस्थाले जनस्वास्थ्यमा असर परेको छ । नागरिकमा यस विषयमा चेतनाको समेत अभाव छ । राज्य पक्षले नै खाद्य र अखाद्य वस्तु विषयमा नाकामा नियमित परिक्षण हो । यसका साथै कर्णालीमा तरकारी तथा फलफूलमा प्रयोग भएको विषादीको मात्रा परिक्षण गर्ने सरकारको दायित्व हो । यस विषयमा कर्णालीको प्रदेश सरकार तथा यहाँका स्थानयि निकाय गम्भिर हुनुपर्ने हो । तर, सरकारले त्यतातर्फ ध्यान दिएको छैन ।

क्याल्सियम कार्बाइड मिसाइएका आँपको सेवन स्वास्थ्यका लागि निकै हानिकारक छ । हाल वीरेन्द्रनगरका बालबालिकाहरु उल्टी गर्ने, टाउको दुख्ने लगायतको समस्या लिएर चिकित्सक कहाँ आईरहेका पनि छन् । मुख्यतः यसले शरिरको नशामा असर गर्ने चिकित्सकहरुको भनाई छ । तत्काल देखिने लक्षण वाहेक शरिरको नशामा असर गर्ने भएकाले क्याल्सियम कार्बाइडले क्याल्सियम कार्बाइडमा आर्सनिक र फस्फोरस मिसिएको हुन्छ । शरिरमा नियमित यसले प्रवेश पायो भने यो निकै हानिकारक हो । आँप तथा केरा पकाउन क्याल्सियम कार्बाइडको प्रयोग गर्दा यसले मानव स्वास्थ्यमा निकै असर पार्ने हुँदा जनस्वास्थ्यको सवालमा राज्यका तीनै तहका निकाय गम्भिर हुन जरुरी छ ।

जनस्वास्थ्यमा गम्भिर बन

YUGAAWHAN NATIONAL DAILY (2080-03-24)

Leave a comment

Your email address will not be published. Required fields are marked *