पहिरोमा पुरिएर डोजर चालकको मृत्यु

राज्यश्वोर मल्ल
मुगु ।

मुगु जिल्लास्थित गमगढी तारापानी सडक खण्डमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एक जना डोजर चालकको ज्यान गएको छ ।

छाँयनाथ रारा नग।पालिका वडा नं ३ फुलि गाउँमा सडक खन्ने क्रममा माथि बाट आएको पहिरोले सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका वडा नं ७ अन्दाजी २४ वर्षका पवन घिमिरे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख सुदर्शन पन्थिले बताए ।

उनका अनुसार लगातारको वर्षाले उक्त सडकको ठाउँ ठाउँमा पहिरो आई अवरुद्ध भएपछि पहिरो पन्छाउन गएको डोजर काम सकाएर फर्कँदै गर्दा बिहीबार राती बामधारा भन्ने स्थानमा सडक माथिबाट पहिरो आई डोजर छोपिदा चालकको घटना स्थल मै मृत्यु भएको जानकारी दिए

पहिरोमा पुरिएर डोजर चालकको मृत्यु

बजेट खर्चमा समस्या बढाउने टुक्रे योजना !

पहिरोमा पुरिएर डोजर चालकको मृत्यु

कर्णालीमा लम्पी स्किन, ८२ हजार बढीले उपचार

Leave a comment

Your email address will not be published. Required fields are marked *