वडाध्यक्ष विष्टलाई ६ लाख लिएको आरोप, निराधार रहेको उनको दावी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विनोद सिं विष्टले एक उपभोक्ता समितिको पैसा जफत गरेको भन्दैै प्रहरीमा उजुरी परेको छ ।

बिहीवार दिउँसो वडाध्य विष्टसहित सुशिल गुरुङ, बलिराज शाहीले खोर्केखोला तटवन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ जफत गरेको विष्टमाथी आरोप छ ।

अध्यक्ष विष्टले खोर्केखोला तटवन्धन उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर सिंहको घरबाट लेगेको आरोप छ । उनले आफ्ना साथमा दुई जनासमेत ल्याई धम्क्याएर पैसा लिएको अध्यक्ष सिंहले प्रहरीलाई बताएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक शाहीले वडाध्यक्ष विष्टविरुद्ध रकम जफत गरेको ठाडो उजुरी दर्ता भएको तर, वास्तविकताका बारेमा अनुसन्धान भइरहेको जनाए ।

‘उहाँहरुले वडाध्यक्षले जबरजस्ती पैसा लुटेर फरार भएको भन्ने ठाडो उजुरी दर्ता गराउँनु भएको छ, अहिले एकपक्षीय कुरा सुनेका छौं । हामी अनुसन्धान गर्दै छौं’, शाहीले भने ।

वडाध्यक्ष विष्टले आफू माथी लागेको आरोप निराधार रहेको बताए । आफूले कसैलाई धम्की नदिएको र रकम पनि नलिएको उनको दावी छ ।प्रदेश सरकारको खोर्केखोला तटवन्धन निर्माणका लागि ३० लाख रुपैयाँ बजेटमा तटबन्धनको काम सम्पन्न भएको थियो ।

उपभोक्ता समितिले मजदुरलाई भुक्तानी गर्र्ने रकम नै वडाध्यक्षले धम्काएर आफूसँग लिएको समितिका सदस्य दीपा खड्काको आरोप छ ।

वडाध्यक्ष विष्टलाई ६ लाख लिएको आरोप, निराधार रहेको उनको दावी

YUGAAWHAN NATIONAL DAILY (2080-03-22)

Leave a comment

Your email address will not be published. Required fields are marked *