एकल आमाका सन्तानलाई मावलीकै थर राखेर जन्मदर्ता गर्न सरकारकाे निर्देशन

काठमाडाैं । सरकारले एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन दिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका स्थानीय पञ्जिकाधिकारीलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेको र पिताको ठेगान नभएका बालबालिकाको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन दिएको हो ।

‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतीको ठेगानासँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने’, पत्रमा भनिएको छ ।

त्यस्तै, पितृत्वको ठेगान नभएको बालबालिका भएका एकल महिलाले विवाह गरी पतीसँगै बसेको तर उक्त बच्चा मावलीमै रहेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गर्न पनि विभागले भनेको छ ।

विभागको परिपत्रमा बालबालिकाको जन्म दर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्म दर्ता रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गर्न सकिने पनि उल्लेख गरेको छ ।

हेर्नुहोस् विभागको पत्र :

Leave a comment

Your email address will not be published. Required fields are marked *