कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षकाे मान्यता दिन राप्रपाको माग

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सन्तोषी शाहीले कर्णाली सभामा प्रमुख प्रतिपक्षको  मान्यता दिन माग गरेकी छन् । नेपाली कांग्रेस, नेकपा एमालेले मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएसँगै राप्रपाले प्रतिपक्ष दलको हैसियत माग गरेको हो ।

यसअघि नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका गर्दै आएको थियो । प्रदेशसभाको ११ औँ बैठकमा राप्रपा सांसद सन्तोषी शाहीले राप्रपालाई प्रतिपक्ष दलको सिटको व्यवस्थापन गरिदिन माग गरिन् ।

गत शुक्रवार मुख्यमन्त्री राजकुमार शर्मालाई राप्रपा बाहेकका सबै दलले विश्वासको मत दिएका थिए । ‘सबै दलले सरकारको पक्षमा मतदान गर्ने, सरकारको मन्त्री भइरहने अनि ती दलहरू प्रतिपक्षको रूपमा कसरी रहन सक्छन्,’ सांसद शाहीले प्रश्न गरिन् । ‘दुनियाँमा कहीँ नभएको जात्रा हाडिगाउँमा’ भनेजस्तै संसदीय व्यवस्थामा यस्तो प्रवृत्ति कहिँपनि नभएको शाहीको भनाइ छ । सांसद शाहीले भनिन्,` सांसद संख्या कम देखिए पनि ढिलोचाँडो राप्रपाको सिद्धान्तमा नआइ सुखै छैन । राष्ट्र निर्माण र देश विकासको लागि सत्यको बाटो नै राप्रपाले लिएको हो ।’

कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षकाे मान्यता दिन राप्रपाको माग

अटोमा बेहोस हुने औषधि खुवाएर भेरी किनारमा

कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षकाे मान्यता दिन राप्रपाको माग

एकल आमाका सन्तानलाई मावलीकै थर राखेर जन्मदर्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *