सडक स्तरोन्तीमा अनक जयदेवीकाे ढिलासुस्तीले सास्ती व्यहोर्दै नागरिक

सुर्खेत । गत साउनमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने बड्डिचौर-खम्बागाडे सडकको पहिलो खण्ड बराहताल गाउँपालिका ५ स्थित बड्डीचौरमा डोजर चलाएर कालोपत्रेको निर्माण कार्य शुरुवात भएको घोषणा गरे ।

फाइल तस्वीर ।
मन्त्री बुढाक्षेत्रीले घोषणा गरेको सडक निर्माणको ठेक्का निर्माण व्यवसायी दिक्पालकुमार शाहीको हो, जो अहिले नेपाली कांग्रेस दैलेख क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद भएका छन् । यो सडकको काम शुरु हुने बेला भने शाहीसांसद बनिसकेका थिएनन् । शाही सांसद निर्वाचित भइसकेपछि अहिले उनका छोराले कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
स्तरोन्नतीको जिम्मा यहि विन्दूलाई शून्य मानेर मदन भण्डारी राजमार्ग नामकरण गरी दुई वर्षअघि नै संघीय सरकारले सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको थियो । तर, संघीय सरकारले सडक निर्माणमा चासो नदेखाएको भन्दै प्रदेश सरकारले सडक कालोपत्रे गर्न अपनत्व लिएको बताउने गरिएको योजनामा सांसद शाहीको निर्माण कम्पनीले तदरुकता नदेखाउँदा स्तरोन्नतिको काम अलपत्र परेको स्थानीयको आरोप छ । जेनतेन सवारी साधन चल्ने उक्त सडकमा स्तरोन्नतिको काम सुरु भएपछि सामान्य वर्षा हुँदा पनि गाडि नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको यातायात व्यवसायी बताउछन ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ४२ करोड ४७ लाख ६१ हजार लागतमा सांसद शाहीको निर्माण कम्पनी अनक जयदेवी जेभी बाँके र पूर्वाधार विकास निर्देशनालय सुर्खेत बिच गत असार १४ मा सम्झौता भई काम अगाडि बढे पनि कम्पनीको लापरवाहीले निर्माणको कामले गति लिन सकेको छैन् । आगामी २०८१ असार २४ गतेसम्म बड्डिचौर-खम्बागाडे खण्डको करिव १३ किलोमिटर सडक कालोपत्रे गरिसक्नुपर्ने कार्यदेश भए पनि ठेक्का सम्झौता भएको झण्डै वर्ष दिन पुग्न लाग्दासमेत सडक निर्माणले गति लिन सकेको छैन् ।
पहिलो चरणमा नाला निर्माण, सडक विस्तारलगायतका कामहरू गरिने उल्लेख भएपनि हालसम्म कम्पनीले निर्माणको काम अगाडि बढाएको छैन् । २०५१ सालमा सुर्खेत-बाबियाचौर-बेनीघाट सडक निर्माण सुरु भएको थियो । पूर्वको झापालाई पश्चिमको डडेल्धुरासँग जोड्ने सडकका रूपमा लिइएको यो सडक निर्माण भएको लामो समयसम्म पनि स्तरोन्नति हुन नसक्दा जिल्लाको पश्चिम क्षेत्रका नागरिक अझै पनि धुलाम्मे र हिलाम्मे बनेर यात्रा गर्न बाध्य छन् ।
यसै विषयमा असन्तुष्टि जनाउँदै चौकुने गाउँपालिका वडा नम्बर ६ का धिरेन अनुपमले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्रीदेखि हालका उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति पूणर्बहादुर खड्कासम्मको ध्यानाकर्षण गराउन खोजको छन् ।
‘मदन भण्डारी सडक नामाकरण भएर सडक बन्नु राम्रो कुरा हो । ठेक्का पट्टाको टेण्डर हुनु पनि सराहनीय काम होला । उनले लेखेका छन् ‘तर, काम कछुवा गतिमा भएर मदन भण्डारी राजमार्गको नाममा जनताले राहतको साटो आहात पाउनु राम्रो होइन । मदन भण्डारी सडक खण्डका कर्मचारी अहिले कहाँ छन् ?’
सडक स्तरोन्नतिका विषयमा थप बुझ्न खोज्दा ठेकेदार कम्पनीका प्रतिनिधि सांसद शाहीका छोरा सन्देश शाही सम्पर्कमा आउन चाहेनन् । यता वर्षा लाग्ने समय नजिकिदै गएको भएपनि ठेकेदार कम्पनीले स्तरोन्नतिमा खासै ध्यान नदिएको बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी बताउँछन् । ‘ठेक्का लागेको पनि लामो समय भइ सक्यो, ठेकेदार कम्पनीले लक्ष्य अनुसार काम गर्न सकेको अवस्था छैन् । वर्षापनि सुरु हुने बेला भयो खनेका ठाउँमा छिटो ग्राभेल हाल भनेर ताकेता गरेका गरेकै छौं । उनले भने, हाम्रो कुरामा उहाँहरुले खासै ध्यान दिनु भएको छैन् । यसले वर्षामा झन समस्या बढाउने हुँदा यसतर्फ निर्माण कम्पनीलाई जिम्मेवार बनाउन हामी लागि परेका छौं ।’ कम्पनीको ढिलासुस्तीले स्तरोन्नतिको काम तोकिएको समयमा नसकिने संकेत देखापरेको अध्यक्ष भण्डारीको भनाई छ ।
यस विषयमा पूर्वाधार विकास कार्यालयले पनि खासै ध्यान दिएको छैन् । कार्यालयले निर्माण कार्यलाई गति दिन ताकेता गरिरहेको जवाफ दिदै उम्कने गरेको छ । चुनावी नारामा ठूलै हिस्सा ओगटेको यो सडक नेताहरूको बोलीमा कैयौँपटक कालोपत्रे भइसक्यो तर, सडकको अवस्था भने भनीसाध्य छैन् । वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो सडकमा कयौँले अनाहकमा ज्यानसमेत गुमाएका छन् । साँघुरो सडक, खाल्डाखुल्डी र खोलाहरूका कारण जोखिमपूणर् यात्रा गर्नुपर्ने बाध्यता छ । बाटो सहज भएको खण्डमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाबाट सुर्खेत आइपुग्न करिव ३ घण्टा लाग्छ । तर, अहिले यो सडक भएर यात्रा गर्दा १ दिन पूरै लाग्छ । वर्षाको समयमा एम्बुलेसन्ससमेत पुग्न नसक्ने अवस्था छ ।
सुर्खेतको पूर्वी सिमाना सल्यानको काल्चेदेखि सुदूरपश्चिमको बेनीघाटसम्म २ सय ३२ किलोमिटर सडक स्तरोन्नतिका लागि वर्षौंदेखि आवाज उठिरहेको छ । संघीय सरकारले मदन भण्डारी राजमार्ग नामकरण गरी स्तरोन्नतिको काम जारी राखे पनि निर्माण कार्य ढिलाइ भएको भन्दै कणर्ाली प्रदेश सरकारले बड्डीचौर-विद्यापुर खण्डको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडेसम्मको करिब १३ किलोमिटर सडक कालोपत्रेको काम सुरु गरेको थियो






