मावि च्युराको ४७ औं अभिभावक भेला तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न

दुर्गा वि सि
सल्यान,२२ फागुन ।
त्रिभुवन जनता मावि च्युराको ४७ औं अभिभावक भेला तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयका प्रधानाध्यापक गुमान सिं विष्टले विद्यालयको निति तथा कार्यक्रमसँगै आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।२ करोड ५५ लाख बराबरको विद्यालयको आय व्यय अभिभावक भेलामा प्रस्तुत गरिएको जनाएको छ ।
शिक्षण सुधार तर्फ पनि सो प्रतिवेदन केन्द्रत रहेको थियोे भने हाल विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ पढाइ सुरु गरिएको छ।साथै आगमि शैक्षिकसत्र देखि विज्ञान संकाय समेत सञ्चालन गर्ने जनाएको छ।विद्यालयका विद्यालय व्यवस्था समिति अध्यक्ष तिलाराम वुढाको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि नगर प्रमुख कर्णवहादुर वुढाथोकि रहनु भएको थियोे ।

विद्यालयमा वार्षिक उत्सवका अवसरमा विभिन्न विद्यामा प्रतियोगि विद्यार्थीहरुलाइ मेडल र प्रमाण पत्र पुरस्कार वितरण गरिएको थियोे ।साथै इन्द्रा मेघा स्मृति अक्षकोषबाट कक्षा १२ बाट सृष्टि शाह,सुशील वुढाथोकि कक्षा ११ बाट लिलधरि वुढाथोकि,कक्षा ९ बाट युवराज विसि,गोल्मा वस्नेत,कक्षा ७ बाट रितु विष्टलाइ ३ हजारका दरले पुरसकृत गरिएको छ ।
शिक्षक तर्फ राम्रो काम गरेवापत शिक्षिका सरिता सिंह र पुर्ण प्रसाद जैसिलाइ कदर प्रत नगर सहित सम्मानित गरेको छ ।त्यस्तै नगर प्रमुख वुढाथोकिले शिक्षा क्षेत्रमा राजनीतिक गन्धदिएर बनगाड कुपिण्डे नगरपालिका भित्रका केही माविहरुमा विद्यालय व्यवस्थापन समिति चयनमा भएको राजनीतिक अराजकता प्रती आफु सधैं चुप लागेर नवस्ने चेतावनी दिएका छन।

आफ्नो तर्फबाट कहि कतै हस्तक्षेप नगरको अभिभावकहरुको क्षेत्रअधिकार भित्र हामी वाहिरी मान्छेले धेरै चासो नदिनु नै राम्रो हो। हाल नगरका केही विद्यालयहरुमा वढि राजनीति हुदैछ यश तर्फ सचेत हुन आग्रह गरिएको छ ।अब नगरपालिकाका सबै खाले गतिविधि चाहे त्यो शिक्षा होस वा अन्य विकासका कामकाज दुर्त गतिमा अघि वढ्ने समेत जनाएको छ।
कार्यक्रम नगर उप प्रमुख पुरुषोत्तम आचार्य,भुमि व्यवस्था तथा सहकारी मन्त्रीका राजनीति सल्लाहकार कीर्ति वहादुर राना,वडा अध्यक्ष पिउपर खत्री,पुर्व विव्यस अध्यक्ष हिरालाल विष्ट,टोपवहादुर विष्ट,हरिलाल विष्ट,प्रभाकर माविका सह्याक प्रअ पुष्कर विसि,अभिभावक डिल्ली विक,विद्यार्थी सुरेश वुढा लगाएतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।विद्यालयका शिक्षक विरेन्द्र शाहिको सञ्चालनमा कार्यक्रम भएको थियोे ।






