गोठमा थुनिएकी बालिकाको उद्दार
सुर्खेत । मानसिक स्वास्थ्य समस्यका कारण करिब १ वर्षदेखि बाख्रा गोठमा थुनिएकी एक बालिकाको उद्दार गरिएको छ । मानसिक स्वास्थ्यमा समस्या रहेकी भेरीगंगा नगरपालिका वडा नं. ११ की १५ वर्षीया निरुता खत्रीको उद्दार गरिएको हो ।मानसिक स्वास्थ्यमा समस्या रहेकी ती बालिकालाई घरका अरु सदस्य कामका लागि बाहिर जाँदा घर नजिकै रहेको बाख्रा गोठमा थुनेर जाने गरेका थिए । एक्लै छाडिंदिंदा छोड्दा रुखमा चढ्ने, दौडने, जथाभावी हिडिदिने गर्न थालेपछि उनकै सुरक्षाका लागि उनलाई एक वर्षदेखि बाख्रा गोठमा थुन्नुपरेको उनकी आमा मानकुमारी खत्रीले जानकारी दिइन् ।
बालिकालाई बाख्रा गोठमा थुनेर राखेको राखेको भिडियो समाजिक सञ्जालमा आएपछि मानव सेवा आश्रमले नगरपालिका र वडा कार्यालयको सहयोगमा उनको उद्दार गरेर वीरेन्द्रनगरस्थित आश्रममा ल्याएर राखेको छ । आश्रममा राखेर उनको थप उपाचार गरिने र स्वास्थ्यमा सुधार आएपछि घरपरिवार संग पुर्नमिलन गराइने मानव आश्रम सुर्खेतले जनाएको छ । उनको उद्दारमा स्थानीय सरकार वडा तथा नगरपालिकाले पनि सहयोग गरेको छ ।
भेरीगंगा नगरपालिका ११ मा रहेको जाजारकोटी टोलमा समान्य घरपरिवारमा जेठो सन्तानको रुपमा जन्मीएको उनको पहिले देखि नै व्यवहार अरु बालबालिका भन्दा फरक रहेको उनकी आमा मानकुमारी खत्रीले बताइन् । “सानै हुँदादेखि यस्तो समस्या देखिएपनि बिस्तारैठीक हुन्छ होला भन्ने सोच्यौँ तर पछि रोगले झनै च्याप्दै गयो । उनले भनिन् ‘विद्यालय पठाउँदा पनि आफ्नै सुरमा हिड्दै जाने र घरमा राख्दा पनि रुख चढ्ने दौडने गर्न थालेपछि थुनेर राख्नुपरेको हो ।
बाख्रापालन गरेर जिविकोपार्जन गर्दै आएको परिवारमाजेठो सन्तानका रुपमा जन्मिएकी निरुताको उपचारमा हालसम्म झण्डै १० लाख खर्च भइसक्दापनि निको नभएपछि गोठमा राख्नुपर्ने अवस्था आएको उनको भनाई छ । निरुताको उपचारका लागि झामीझाँक्रीदेखि सुर्खेत, नेपालगञ्ज काठमाण्डौं हुँदै भारतसम्म धेरै पटक पुर्याउँदा पनि निकोबाख्रा गोठमा थुनेर आफ्नो काम गर्न बाध्य भएको आमाले बताइन् ।