आधारभूत अस्पतालको निर्माण सुस्त

सुर्खेत । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वकांक्षी योजनासाथ प्रत्येक पालिकामा निर्माण शुभारम्भ गरेको एक आधारभूत अस्पतालको निर्माणको काम कर्णालीमा ढिलासुस्ती भइरहेको छ । १७ मंसिर ०७७ मा ओलीले देशभरका स्थानीय तहमा एकसाथ शिलान्यास गरेको आधारभूत अस्पतालको निर्माणको काम ढिलाइ भएको हो । प्रदेशका ७९ तहमध्ये दुई चरणमा गरी ६६ पालिकामा बजेट र कार्यक्रम पठाइएपनि हालसम्म २७ पालिकामा मात्रै अस्पताल निर्माणको काम भइरहेको छ ।

कर्णाली प्रदेशका स्थानीय तहमा संघीय सरकारले आर्थिक वर्ष ०७७/७८ मा ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण गर्ने काम अझै गति लिन सकेको छैन । २९ महिना बित्तिसक्दा पनि निर्माणले गति लिन नसकेको हो । आर्थिक वर्ष २०७७/७८ मा ५ देखि १५ शैयासम्मका आधारभूत अस्पताल निर्माणका लागि कर्णालीका ४२ वटा पालिका छनोट गरि बजेट पठाइएको थियो ।
त्यस्तै, दोस्रो चरणमा गएको आर्थिक वर्ष २०७८/७९ मा सोही क्षमताका थप २४ स्थानीय तहमा अस्पताल निर्माणको योजनाका साथ बजेट पठाइएको थियो । कर्णालीमा अहिलेसम्म ३५ वटा अस्पतालको निर्माण प्रक्रियामा आएका छन् ।

२७ वटा अस्पतालको सम्झौता भई बजेट निकासा भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । २०७७ सालमा भर्चुअल माध्यमबाट एकै पटक दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यसहित आधारभूत अस्पताल शिलान्यास भएका थिए । कर्णालीमा आधारभूत अस्पताल निर्माणका लागि छनौटमा परेका ६६ पालिकामध्ये ६ वटा पालिकाले डिपिआर समेत तयार पारेका छैनन् । डिपिआर तयार नपार्ने पाालिकामा सल्यान जिल्लाका बााचौर नगरपालिका, सिद्धकुमाख गाउँपालिका, डोल्पा जिल्लाका मुड्केज्यूला गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका हुम्ला जिल्लाका नाम्खा गाउँपालिका र अदानचुली गाउँपालिका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

रक्तसञ्चार केन्द्रको पनि अभाव

कणर्ालीका हिमाली तथा पहाडी जिल्लामा ब्लड बैंक नहुँदा तत्काल रगतको आवश्यक परे दाताको भर पर्नुपर्ने बाध्यता रहेको छ । बिरामीलाई रगत चाहिए स्वास्थ्यकर्मी, सेना, प्रहरी र दाता सहयोग माग्नुपर्ने अवस्था छ । अस्पतालमा ब्लड बैंकको व्यवस्था नहुँदा लामो समयदेखि बिरामी र उनीहरुका आफन्तले सास्ती भोग्नुपरेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

‘बिरामीलाई रगत चाहिएमा हामीले स्वास्थ्यकर्मी, कर्मचारी, सेना, प्रहरी र दाताको भरपर्नुबाहेक अन्य विकल्प छैन्,’ उनले भने, ‘हामी प्रायः रगत आवश्यक परेमा सेना, प्रहरी र सशस्त्र प्रहरी बलबाट रगत माग गर्ने गरेका छौं ।’ सुत्केरी तथा गम्भीर दुर्घटनाका बिरामीलाई तत्काल रगतको आवश्यक पर्ने भएकाले सेना, प्रहरी गुहार्नुबाहेक अरु विकल्प नभएको सिंहले जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक नहुँदा बिरामीलाई सकस हुने गरेको छ । अस्पतालमा सानो आकारको ब्लड बैंक भएपनि ठूलो मात्रामा रगत राख्ने ठाउँ नभएकोले रगतको आवश्यकता पर्दा सेना, प्रहरी र दाताको भर पनुपर्ने अवस्थाको रहेको छ । प्रतिष्ठानका अस्ताल निर्देशक डा. राजीव शाहले प्रतिष्ठानमा ब्लड बैंक आवश्यक रहेको बताए । ‘अहिले हाम्रा लागि ब्लड बैंकको एकदमै आवश्यकता छ,’ उनले भने, ‘अहिले कामचलाउ आकारको मात्रै भएकाले सुविधासम्पन्न बैंक आवश्यक छ ।

कालीकोटमा ब्लड बैंक नहुँदा रगतका लागि स्वास्थ्यकर्मी, सेना प्रहरीकै भर पर्नु बाध्यता रहेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिए । ‘बिरामीको रगतको आवश्यकता हुँदा मैले पनि धेरै चोटी रगत दिएको छु,’ उनले भने, ‘रगतको आवश्यकता पर्दा सेना, प्रहरी र दाता नै खोज्नुपर्ने आवश्यकता रहेको छ ।’

कर्णालीमा हिमाली तथा पहाडी जिल्लामा ब्लड बैंक नहुँदा रगतकै अभावमा कयौंको ज्यान जाने गरेको स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । सुत्केरी तथा आकस्मिक दुर्घटनामा परेका बिरामीलाई ब्लड आवश्यक परेका बेला नपाइने गरेका कारणले कयौं सुत्केरी महिला र घाइतेले रगत अभावकै कारणले ज्यान जाने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी महतले जानकारी दिए ।

आधारभूत अस्पतालको निर्माण सुस्त

गोठमा थुनिएकी बालिकाको उद्दार

आधारभूत अस्पतालको निर्माण सुस्त

YUGAAWHAN NATIONAL DAILY (2079-12-22)

Leave a comment

Your email address will not be published. Required fields are marked *