कृषकलाई ९ करोड व्याज अनुदान भुक्तानी

सुर्खेत ।
कर्णालीमा व्याज अनुदान कार्यक्रम लागु भएको तीन आर्थिक वर्ष भईसकेको छ । यसविच प्रदेश सरकारले नौं करोड ८८ लाख ३५ हजार रुपैयाँ व्याज भुक्तानी गरेको छ ।

कृषि तथा पशुपंक्षी पालनका लागि बैंक मार्फत कृषि ऋण लिएका किसानहरुलाई ६ करोड ८३ लाख तीन हजार रुपैयाँ र सहकारी संस्था मार्फत तीन करोड पाँच लाख ३२ हजार रुपैयाँ भुक्तानी गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीका अनुसार व्याज अनुदान कार्यक्रमबाट कर्णालीमा कुल एक हजार ६ सय ५८ जना लाभान्वित भएका छन् । यस कार्यक्रमले एक हजार नौं सय ९९ जना रोजगारीमा आवद्ध रहेको उनले जनाए ।

कृषि तथा पशुपंक्षी पालनका लागि हालसम्म बैंक तथा कृषि सहकारी संस्थाहरुले कुल एक अर्व १० करोड १० लाख ७८ हजार रुपैयाँ ऋण प्रवाह गरेका छन् ।

२०७७÷०७८ मा बैंकले चार करोड ७३ लाख रुपैयाँ, २०७८÷०७९ का ४८ करोड ७७ लाख २० हजार रुपैयाँ र २०७९÷०८० मा १४ करोड ८६ लाख रुपैयाँ ऋण प्रवाह भएको थियो । व्याज अनुदान वापत कर्णाली प्रदेश सरकारले बैंकहरुलाई २०७७÷०७८ मा आठ लाख ७३ हजार, २०७८÷०७९ मा दुई करोड ६३ लाख पाँच हजार र २०७९÷०८० मा तीन करोड ३१ लाख २५ हजार रुपैयाँ भुक्तानी दिएको मन्त्रालयको तथ्यांक छ ।

कृषि सहकारी संस्था तर्फ २०७७÷०७८ मा सहकारीहरुले ६२ लाख १० हजार, २०७८÷०७९ मा २१ करोड २३ लाख ३५ हजार र २०७९÷०८१ मा २० करोड ५१ लाख २३ हजार रुपैयाँ ऋण प्रवाह भएको थियो । सो मध्ये प्रदेश सरकारले २०७७÷०७८ मा पाँच लाख ३० हजार, २०७८÷०७९ मा एक करोड ६७ लाख ३२ हजार र २०७९÷०८१ मा एक करोड ३८ लाख रुपैयाँ व्याज अनुदान भुक्तानी गरेको छ ।

६ वटा बैंक र आठ वटा सहकारी आवद्ध
प्रदेश सरकारको व्याज अनुदान कार्यक्रम मार्फत किसानहरुले ६ वटा बैंक र आठ वटा सहकारी मार्फत सेवा पाईरहेका छन् । कृषि मन्त्रालयको तथ्यांक अनुसार राष्ट्रिय वाणिज्य, नेपाल बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक र ग्लोवल आईएमई बैंकहरुले व्याज अनुदान कार्यक्रम अन्र्तगत प्रदेश सरकारसँग समन्वय गरिरहेका छन् ।

बैंकहरुलाई भएको भुक्तानीका आधारमा कृषि विकास बैंक लिमिटेडलाई प्रदेश सरकारले धेरै भुक्तानी गरेको छ । कृषि विकास बैंकलाई व्याज अनुदान वापत हालसम्म दुई करोड ६१ लाख ३० हजार रुपैयाँ भुक्तानी दिईएको हो ।

राष्ट्रिय वाणिज्य बैंकलाई दुई करोड ११ लाख १५ हजार, नेपाल बैंक लिमिटेडलाई ९८ लाख ९९ हजार, सिद्धार्थ बैंकलाई ५१ लाख ५३ हजार भुक्तानी दिइएको कृषि मन्त्रालयको तथ्यांक छ । त्यसैगरी प्रभु बैंक लिमिटेडलाई ४१ लाख ४७ हजार र ग्लोवल आईएमई बैंकलाई १८ लाख ५९ हजार रुपैयाँ भुक्तानी दिइएको छ ।

कृषकलाई ९ करोड व्याज अनुदान भुक्तानी

म्यानमारसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा

कृषकलाई ९ करोड व्याज अनुदान भुक्तानी

मुक्तिनाथ कृषिकम्पनीको कृषि संरचनाहरुको समुद्घाटन

Leave a comment

Your email address will not be published. Required fields are marked *