मुक्तिनाथ कृषिकम्पनीको कृषि संरचनाहरुको समुद्घाटन

सुर्खेत ।
मुक्तिनाथ कृषिकम्पनीको कृषि संरचनाहरुको समुद्घाटन सम्पन्न भएको छ ।

मुक्तिनाथ कृषिकम्पनी लिमिटेडल कृषि तथा पशुपंन्छी विकास मन्त्री डा.वेदुराम भुसालको प्रमुख आतिथ्यतामा ‘५ ओटा कृषि संरचनाहरुको समुद्घाटन’ सुसम्पन्न भएको छ ।
समुद्घाटन समारोहको अध्यक्षता मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले गरेका थिए ।

कम्पनीले तयार गरेको ५ वर्षे रणनीतिक योजना ‘भिजन २०८५’ अनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमाउच्चस्तरीय र दीगो सेवाप्रदानगर्ने अभिप्रायले ५ वटा कृषि संरचनाहरुको डिजिटल रुपमा समुद्घाटन गरिएको हो ।

कार्यक्रममा भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीहरुको लगानीलाई आकर्षण, प्रवद्र्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मातहत एकिकृत कृषि विकास प्राधिकरणको स्थापनागर्दै सार्वजनिक नीजि सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए ।

सयुंक्त राष्ट्र संघ, विश्वखाद्य संगठनका नेपाल प्रमुख केन सिमिजूले कम्पनीसंग कोदो जन्यबालि वर्ष २०२३ लाई प्रवद्र्धन गर्न सहकार्यको शुरुवात गरेको र आगामी दिनमा कुटनीतिक नियोग, सरहकार र निजी क्षेत्रको साझेदारीमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै कृषितथा पशुपन्छि विकास मन्त्रालयका सचिवले मुक्तिनाथ कृषि कम्पनीले समग्र मूल्य श्रृंखला व्यवस्थापनमा गरिरहेका कार्यहरु र कम्पनीका स्पष्ट भावि योजनाको लागि धन्यवाद व्यक्त गर्दै सार्वजनिक नीजि साझेदारी मार्फत कृषि क्षेत्रको विकासमा सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले सोह्रो पंचवर्षिय योजना निर्माणको अन्तिम चरणमा रहेको सन्दर्भमा यो कार्यक्रम अत्यन्तै फलदायी रहेको र योजनामा सार्वजनिक नीजि सहकारीको साझेदारीको अवधारणालाई योजनामा समेट्ने बताएका हुन् ।
मुक्तिनाथ कृषि कम्पनीले “कृषकसंग मुक्तिनाथ” र “उपभोक्तासंग मुक्तिनाथ” अभियानद्वारा “संस्थागत मूल्य श्रृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण” गर्दै नेपालको अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले वि.सं. २०७५ सालभाद्र १५ गते स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो ।

यो कम्पनीको मुख्य प्रवद्र्धक मुक्तिनाथ विकास बैंक रहेको छ भने साथमाविभिन्नव्यवसायिक क्षेत्रमा संलग्नव्यक्तिहरुको समेत लगानी रहेको छ । कम्पनीले विगत ५ वर्षदेखि कृषिको समग्र मूल्य श्रृङखला व्यवस्थापनका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्नको लागि मुख्यत कृषिश्रोत केन्द्र, कृषिप्रशोधन केन्द्र, कृषिबजार केन्द्र र कृषिव्यवसाय परामर्श केन्द्रको अवधारणा कार्यान्वयनको लागि संस्थागत संरचनाहरुको विकासको शुरुवात गरेको छ ।

कार्यक्रममा धन्यवाद तथा समापन मन्तब्य राख्दै कम्पनीका संचालक श्री सिताराम काफ्लेले नेपालको सन्दर्भमा मुक्तिनाथ कृषि कम्पनी जस्ता कृषि क्षेत्रमाकार्य गर्ने कम्पनी र संस्थाहरुलाई सरकारले प्रवद्र्धन र नियमन गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका हुन् ।

मुक्तिनाथ कृषिकम्पनीको कृषि संरचनाहरुको समुद्घाटन

कृषकलाई ९ करोड व्याज अनुदान भुक्तानी

मुक्तिनाथ कृषिकम्पनीको कृषि संरचनाहरुको समुद्घाटन

भेटियो तिलिचोभन्दा पनि अग्लो स्थानमा रहेको ताल