एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजङ्ग शाह


सुर्खेत ।
नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजङ्ग शाह निर्वाचित भएका छन् । शाहले आफ्ना प्रतिद्धन्द्धी मीनबहादुर शाहीलाई १६२ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
जम्मा ६१६ मतमध्ये ६०९ मत खसेको थियो । जसमध्ये शाहको पक्षमा ३६९ मत आएको छ । यस्तै उपसचिवमा रमेश कुमार शाहीको पक्षमा २६६ दैलेखका रवीन्द्र राज शर्मा ३०० मत पाएका छन् ।
२०७ मत आएको छ भने अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत पाए । तीन जना उम्मेदवार भएपनि कर्णालीमा खास दुई पक्षित प्रतिस्पर्धा थियो । गुलाबजङ्ग शाह स्थायी कमिटी सदस्य यामलाल कँडेलको टिमबाट अध्यक्षका उम्मेदवार थिए भने गोरख बोगटी–विनोदकुमार शाहको टिमबाट शाही थिए ।
नेतृत्वका लागि सल्यानका शाह र कालिकोटका शाहीबीचको प्रतिस्पर्धालाई नेताहरुले प्रतिष्ठाको विषय बनाएका थिए । शाह केन्द्रका महासचिव शंकर पोखरेलका विश्वास पात्रका रुपमा चिनिन्छन् भने शाहीलाई केपी ओलीले सहयोग गरेको कतिपय नेताहरुको भनाइ छ ।
तर, महासचिव पोखरेलले बिहीबार सर्वसम्मतको प्रयास गर्दा शाहीलाई ‘ग्राउण्ड’बाट तपाईँको राम्रो सुझाव आएन गुलाबजीको टिममा मिलेर जानुुस् भनेर सुझाव दिएका थिए । तर, उनका टिमका नेता बोगटीको जोडबलमा निर्वाचन लडने तयारी गरेका थिए । यद्यपि उनी पराजित भए ।
यस्तै अन्य पदमा पनि यामलाल कँडेलको टिमले जितेको छ । उपाध्यक्षका कँडेल टिमका टेकराज पछाईले ३४२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी लालबहादुर महताराले १७६ मत पाए । यस्तै उपाध्यक्षका अर्को दाबेदार दानसिं परियारले ५९ मत पाए । यस्तै सचिवमा पनि कँडेल टिमकै धुर्व कुमार शाही निर्वाचित भएका छन् । शाहीले ४०६ मत पाउँदा उनका प्रतिद्धन्द्धी रुद्र शाहीले १६९ मत पाए । उपसचिवमा रमेश कुमार शाही, रबिन्द्र राज शर्मा निर्वाचित भएका छन् ।






