दैलेखमा टिप्पर दुर्घटनाहुँदा एक जनाको मृत्य, दुई जना घाइते

सुर्खेत ।
दैलेखमा टिप्पर दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तल्लोडुंगेश्वर–दुल्लु सडक खण्डको दुल्लु नगरपालिका–१ टिमेली पानीमा लोड बोकेको टिप्पर दुर्घटनाहुँदा चालकको मृत्यु भएको हो ।

तल्लो डुङ्गेश्वर बालुवा लिएर दुल्लु जाँदै गरेको कर्णाली प्रदेश ०२००१ क १९९ नम्बर टिप्पर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको ईलाका प्रहरी कार्यालय दुल्लुले जानकारी दिएको छ । दुर्घटनामा दुल्लु नगरपालिका–७ घर भएका ३३ वर्षीय चालक भुपेन्द्र थापाको मृत्यु भएको छ ।

टिप्परमा सवार अन्य दुई जना घाइते छन् । घाइते हुनेमा दुल्लु नगरपालिका–७ का ३५ वर्षीय चन्द्रबहादुर थापा र ऐरावती गाउँपालिका प्युठान घर भएका ३० वर्षीय मुक्तप्रसाद उपाध्याय छन् । उनीहरुलाई थप उपचारको लागि दुल्लु अस्पतालले गएराती नै प्रदेश अस्पताल सुर्खेत रिफर गरेको छ ।

घटना लगत्तै प्रहरी चौकी तल्लो डुंगेश्वर र ईलाका प्रहरी कार्यालय दुल्लुको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्दार गरेको हो । सोमबार राती करिव ८ बजे तिर टिप्पर दुर्घटनामा परेको हो । तर दुटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

दैलेखमा टिप्पर दुर्घटनाहुँदा एक जनाको मृत्य, दुई जना घाइते

गुर्भाकोटमा छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

दैलेखमा टिप्पर दुर्घटनाहुँदा एक जनाको मृत्य, दुई जना घाइते

एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजङ्ग शाह