आज देशभर पानी पर्ने सम्भावना

काठमाडौं। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज मंगलबार देशका सातवटै प्रदेशमा पानी पर्ने भएको छ।

प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। विभागका अनुसार बाँकी प्रदेशका एकरदुई स्थानमा पनि मेघगर्जन, चट्याङ् तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

राति प्रदेश–१, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज देशभर पानी पर्ने सम्भावना

रुकुम पश्चिम :४० बर्ष माथीका अविवाहित महिलालाई

आज देशभर पानी पर्ने सम्भावना

सुनखानीमा भएको झडपमा एकसय जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *