२०८३ असार ४ गते
×

Now Playing

सुनखानीमा भएको झडपमा एकसय जनाको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक चडको उत्तरी क्षेत्रमा अवैध सुनखानी भएको कामदारबीचको भिडन्तमा एक सय जनाले ज्यान गुमाएका छन्।

घटनामा अन्य ४० जना घाइते भएको बीबीसीले जनाएको छ।

रक्षामन्त्री दाउद याया ब्राहिमले दुईजना व्यक्तिबीचको सामान्य विवादबाट नरसंहार भएको बताएका छन्।

​ लिबियाको सीमासँग जोडिएको कोउरी बोउगोउदी जिल्लाको पहाडी क्षेत्रमा चड र अन्य छिमेकी मुलुकमा मानिस सुन खोज्न आकर्षित हुने गरेका छन्।

यो हिंसात्मक घटना गत साता घटेको भएपनि सोमबार मात्र यसको विस्तृत विवरण सार्वजनिक भएको हो।

केहि समूहले मृतकको संख्या सरकारले सार्वजनिक गरेको भन्दा बढी हुनुपर्ने बताउँदै हिंसाका लागि सुरक्षाकर्मीलाई दोष दिएका छन्।

राजधानी जामेनादेखि करिव १ हजार किलोमिटर टाढाको घटनास्थलमा शान्ति सुरक्षा पुनस्र्थापनाका लागि अहिले सरकारले सेना परिचालन गरेको छ।

सुनखानीमा भएको झडपमा एकसय जनाको मृत्यु

आज देशभर पानी पर्ने सम्भावना

सुनखानीमा भएको झडपमा एकसय जनाको मृत्यु

सम्पादकीय : सामाजिक सुरक्षा आवश्यकता कि बाध्यता

Leave a comment

Your email address will not be published. Required fields are marked *