रुकुम पश्चिम :४० बर्ष माथीका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता

सुर्खेत । रुकुम पश्चिमको एक स्थानीय तहले ४० बर्ष माथीका अविवाहित महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।

यस्तो निर्णय गर्ने पालिका हो, सानीभेरी । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।

यस्तै आकस्मिक दुर्घटना, गर्भवती, सुत्केरी तथा गरिबीको रेखामुनि रहेकाहरुले निःशुल्क एम्बुलेन्स सेवा पाउने छन् ।

गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले गाउँपालिकाका बासिन्दालाई सहज सेवा प्रवाह गर्नका लागि र केही राहत होस भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको बताए ।

साथै उनले लक्षित समुदाय, गरिब, विपन्न वर्गको स्वास्थ्य बीमा गरिदिने निर्णय पनि गरेको जानकारी गराए ।

हरेक वडामा सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गरी सुलभ दरमा दैनिक उपभोग्य सामग्री विक्री वितरण गर्ने, २ वर्ष भित्र गाउँपालिकाका सबै खरका छानामुक्त गरी जस्ता वा ढुङ्गाका छाना हाल्ने निर्णय पनि गरेको उनले बताए ।

रुकुम पश्चिम :४० बर्ष माथीका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता

सल्यानको बनगाड कुपिण्डेका ८ वटा माध्यामिक विद्यालयमा

रुकुम पश्चिम :४० बर्ष माथीका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता

आज देशभर पानी पर्ने सम्भावना

Leave a comment

Your email address will not be published. Required fields are marked *