सल्यानको बनगाड कुपिण्डेका ८ वटा माध्यामिक विद्यालयमा अङ्ग्रेजी माध्यामबाट पठनपाठन गरिने

दुर्गा विसी

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आठ वटा सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गरिने निर्णय गरेको छ ।
सोमबार बसेको पहिलो कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।

नगर प्रमुख कर्ण वहादुर वुढाथोकिको संयोजकत्वमा नगर शिक्षा समिति गठन बनेसँगै विद्यालयका भौतिक पुर्वाधार सुधारसँगै आठ विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको हो । त्यसको लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिने छ ।

साथै सो बैठकले चालू आवमा विनियोजन भएर पनि कार्यान्वयन हुन नसकेका योजनाहरु यही २० गते भित्र सम्झौता गरि असार २० गतेभित्र भुक्तानी लिइ सक्नुपर्ने छ ।

सरसफाइ, चिस्यान घरका लागि निशुल्क जग्गा उपलब्ध गराउनका निम्ति प्रस्ताव आह्वान, अस्पताल सम्म जाने सडक सुधारका लागि बजेट व्यवस्थापन गरिने छ भने कुपिण्डे तालको आइइ प्रतिवेदन स्वीकृत, पशु अस्पताल तथा नगरको साझेदारीमा नं वडालाइ बाख्रा पकेट विकास कार्यक्रम लागू गरिने छ ।

हावाहुरीले क्षेती पु¥याएको देवस्थल स्वास्थ्य चौकीको छाना मर्मत गर्ने निर्णय गरेको जनाएको छ

नगरपालिकाका प्रवक्ता धनवहादुर पुनका अनुुसार सो बैठकले न्यायिक समिति,स्थानीय राजश्व परामर्श समित,श्रोत अनुमान तथा वजेट सिमा निर्धारण समिति ,वजेट तथा कार्यक्रम तर्जुमा समिति,आर्थिक विकास समिति,सामाजिक विकास समिति,पुर्वाधार विकास समिति,विद्यायन समिति,संस्थागत विकास र शुसासन समिति,वातावरण तथा विपत्त व्यवस्थापन समिति,नगर शिक्षा समिति,अनुगमन तथा सुपरिवेक्षण समिति,अपांगता परिचयपत्र वितरण स्थानीय समन्वय समिति गठन गरेको छ ।

 

सल्यानको बनगाड कुपिण्डेका ८ वटा माध्यामिक विद्यालयमा अङ्ग्रेजी माध्यामबाट पठनपाठन गरिने

गुराँस गाउँ कार्यपालिकामा एमालेको बहुमत

सल्यानको बनगाड कुपिण्डेका ८ वटा माध्यामिक विद्यालयमा अङ्ग्रेजी माध्यामबाट पठनपाठन गरिने

रुकुम पश्चिम :४० बर्ष माथीका अविवाहित महिलालाई

Leave a comment

Your email address will not be published. Required fields are marked *