कांग्रेसमा आन्तरिक मतभेद

काठमाडौं,१६ असार ।

सत्तारुढ दल नेपाली कांग्रेसभित्र आन्तरिक मतभेद सतहमा आउने देखिएको छ । महाधिवेशन सकिएको ६ महिना बितेलगत्तै डा. शेखर कोइराला नेतृत्वको समूह सभापति शेरबहादुर देउवाविरुद्ध उत्रने तयारीमा जुटेको हो । सभापति देउवा विधि र विधानअनुसार नचलेको भन्दै कोइरालाले आफूपक्षीय नेताहरुको बैठक बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाएका छन्।

कांग्रेस नेता गुरू घिमिरेले समसामयिक राजनीतिक विषयमा छलफल गरी पार्टी सभापति देउवालाई दबाब दिने उद्देश्यले बैठक बोलाइएको जानकारी दिए । ‘स्थानीय निर्वाचनको मत परिणाण आएको पनि लामो समय भयो । पार्टीले चुनावी समीक्षा गर्न बैठक बोलाएको छैन, ६ महिना भयो समितिलाई पूर्णता दिइएको छैन।’

घिमिरेले अन्नपूर्ण पोस्ट्सँग भने, ‘समसामयिक विषयमा गम्भीर छलफल गरी पार्टी सभापति शेर बहादुर देउवालाई दबाब दिने उद्देश्यले बैठक बोलाइएको हो । ’ सत्तारुढ गठबन्धनका नेताहरुलाई दैनिक भेट्दा पार्टीकै नेताहरुसँग सल्लाह नगरी देउवा अगाडि बढेकाले छुट्टै बैठकको आयोजना गरिएको अर्का एक पदाधिकारीले बताए ।

उनले भने, ‘गठबन्धनका नेताहरुसँग दैनिक भेट हुन्छ, छलफल हुन्छ। तर पार्टीभित्रकै अर्को पक्षका नेतासँग भेट नदिने राम्रो भएन। सरकारलाई गति दिन पनि पार्टीभित्र छलफल आवश्यक छ ।

सभापति देउवाले कतिपय मनोनयन एकलौटी गरेको र आफूहरुले उठाएका विषयमा गम्भीर नदेखिएकाले छुट्टै बैठक बोलाउनुपरेको शेखर समूहका नेताको भनाई छ।  महाधिवेशन सकिएको ६ महिनामा पनि पदाधिकारी, समिति र भातृसंगठनलाई पूर्णता नदिइएको भन्दै कांग्रेस नेतृत्वको आलोचना हुँदै आएको छ ।

स्रोत : अन्नपुर्ण

कांग्रेसमा आन्तरिक मतभेद

पहिरोले पुरिएर १ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *