पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मिर्गौला प्रत्यारोपण सफल

पोखरा,१६ असार ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा पहिलो पटक उपत्यका बाहिर सो अस्पतालमा हालै मिर्गौला प्रत्यारोपण गरिएको थियो।

उक्त अस्पतालमा ५१ वर्षीय यमकुमारी पौडेललाई उनकै श्रीमान् ५३ वर्षीय केशव पौडेलले मिर्गौला दान गरेपछि भएको अङ्ग प्रत्यारोपण सफल भई बिरामी घर पठाइएको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।

केन्द्रका शल्यचिकित्सक राकेशकुमार बर्मा, दिपेश श्रेष्ठ, रोजन अधिकारी, एनेस्थेसियोलोजिष्ट आरती राई, सोभित थापा, नेफ्रोलोजिष्ट कल्पनाकुमारी श्रेष्ठ र लुसन सिंह, रेडियोलोजिष्ट कृष्ण बुढाथोकी र पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाका चिकित्सक एवं प्राविधिक टोली मिर्गौला प्रत्यारोपण संलग्न थिए ।

स्रोत :  सेतोपाटी

 

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मिर्गौला प्रत्यारोपण सफल

कांग्रेसमा आन्तरिक मतभेद

Leave a comment

Your email address will not be published. Required fields are marked *