पहिरोले पुरिएर १ जनाको मृत्यु

स्याङ्जा,१६ असार ।

दुई दिनदेखिको अबिरल वर्षाका कारण स्याङ्जाको गल्याङमा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ । पहिरोमा परि १३ वर्षीया रेखा भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा १६ वर्षीय लक्ष्मण भट्टराई एक जना घाइते भएका छन् ।

गल्याङ नगरपालिका– १० दुबिनडाँडामा आज बिहान ५ बजे घर पछाडिको ढिस्को भत्किँदा घर सहितको गोठमा समेत क्षति पुगेको छ । ५ जना परिवार रहेको घरमा तीन जना घर बाहिर रहेको र दुई जना घरमा सुतिरहेको समयमा अकस्मात घरपछाडिको ढिस्को भत्किएको थियो ।

घाइतेको उपचार गल्याङ नगर अस्पतालमा भइरहेको छ । साथै गोठमा रहेका २ वटा भैंसी र २ बाख्रा पनि मरेका छन । घर पुुर्ण रुपमा क्षति भएको छ । घर क्षति भएपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
स्रोत :  नेपाललाइभ

पहिरोले पुरिएर १ जनाको मृत्यु

कांग्रेसमा आन्तरिक मतभेद

पहिरोले पुरिएर १ जनाको मृत्यु

जुम्लाको पातारासी गाउँपालिका पूर्णखोप पालिका घोषणा

Leave a comment

Your email address will not be published. Required fields are marked *