नगर कार्यपालिकाको चुनावमा गठबन्धन विजयी

बरम बहादुर ऐडि
मुगु । मुगुको छायानाथ रारा नगर कार्यपालिकाको निर्वाचनमा संयुक्त गठबन्धनका सबै सद्स्य विजयी भएका छन् ।
गठबन्धनबाट खुल्ला सदस्यमा काँग्रेसका किस्ना कुलाल, महिला सदस्यमा चन्दादेवी रोकाया, राति काक्रि, रमाईली बुढा, सुनचोरा कामी, अबिसरा नेपाली विजयी भएका छन् ।
एकीकृत समाजवादीबाट खुल्ला सद्स्यमा बलराम साहनी विजयी भएका छन् भने माओवादी केन्द्रबाट राज बहादुर बिक विजयी भएका छन् ।






