६२१ मेघावट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाडौं,१५ जेठ

सरकारले विद्युतीय सवारीको प्रयोग बढाउन ५० स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को बजेटमा विद्युतीय सवारीको प्रयोग बढाउन यो व्यवस्था गरिएको हो ।

५० स्थानमा चार्जिङ स्टेसन बनाउने र पेट्रोलियम पम्प भएकै स्थानमा चार्जिङ स्टेसन बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । त्यसैगरी परम्परागत इटा भट्टालाई विद्युतीय भट्टाले विस्तापित गर्ने उल्लेख गरिएको छ ।

२०७८ फागुनसम्म १६ हजार ९ सय ३९ किलोमिटर कालोपत्रे, ८ हजार १ सय ११ किलोमिटर खण्डस्मित र ८ हजार ८ सय २१ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाइ ३३ हजार ८ सय ७१ किलोमिटर पुगेको छ । सरकारले शनिबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७८÷०७९’अनुसार कालोपत्रे ८ हजार १ सय ११ किलोमिटर पूरा भएको जनाएको छ ।

२०७८ असारसम्म १६ हजार ६ सय १४ किलोमिटर कालोपत्रे ८ हजार १ सय ७१ किलोमिटर खण्डास्मित र ८ हजार ९ सय ३१ किलोमिटर कच्ची सडक गरी ३३ हजार ७ सय १६ किलोमिटर कच्ची सड़क थियो । सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र नियमित बनाउने प्रयास स्वरूप विभिन्न नीतिगत, प्रशासनिक एवं प्राविधिक पक्षमा निरन्तर सुधारको प्रयास हुँदै आएको छ ।

तीन तहका सरकारको समन्वय एवं सहकार्यमाराष्ट्रिय, प्रादेशिक तथा स्थानीय सडक सञ्जालबीच अन्तर आबद्धता कायम गर्ने कार्यले क्रमिक रूपमा गति लिएको छ ।

पछिल्ला वर्षमा सूचना तथा प्रविधि क्षेत्रको पहुँच तथा गुणस्तरमा अभिवृद्धि भएको जनाएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ४७२ किलोमिटर माटे सडक (नयाँ सड़क निर्माण भएको छ ।

त्यसैगरी, यस अवधिमा ७३९ किलोमिटर खण्डास्मित स्तरमा र १ हजार १ सय ९० किलोमिटर कालोपत्रे स्तरमा सडक स्तरोन्नति भएको छ । साथै ७ हजार १ सय ८७ किलोमिटर सड़क नियमित तथा पटके मर्मत भएको छ भने ४२४ किलोमिटर आवधिक मर्मत सम्पन्न भएको छ ।

यस अवधिमा १९२ पुल निर्माणभएका छन् ।आर्थिक वर्ष २०७८÷०७९ को फागुनसम्म१५५ किलोमिटर नयाँ सडक निर्माण भएको छ ।यस अवधिमा २६५ किलोमिटर खण्डास्मित स्तरमा र ३२५ किलोमिटर कालोपवे स्तरमा १४४ सडक स्तरोन्नति भएको छ । त्यसैगरी, आवधिक मर्मत ९५
किलोमिटर भएको छ । साथै, ८० पुलको निर्माण सम्पन्न भएको छ । २०७८ असारसम्म प्रादेशिक र स्थानीयस्तरका कच्ची ग्राभेल र कालोपत्रे गरी जम्मा ६३ हजार ६ सय ९६ किलोमिटर सडक निर्माण भएकोमा चालू आर्थिक वर्षको फागुनसम्म थप ९२१ किलोमिटर सडक निर्माण भई ६४ हजार ६ सय १७ किलोमिटर सडक निर्माण भएको छ ।

निर्मित सडकमध्ये कालोपत्रे ग्रावेल र कच्ची सडकको अंश कमशः ७.० प्रतिशत, २१.० प्रतिशत र ७२० प्रतिशत रहेको छ । गुणस्तरीय सडकको पहुँच अभिवृद्धि गर्न निर्माण भएका अधिकांश कच्ची सडकहरूलाई क्रमिक रूपमा स्तरोन्नति गर्नपर्ने र विद्यमान सडक चौडा गर्नुपर्ने देखिन्छ ।

energy poles. high voltage post. High-voltage tower sky background. hrough a mast of a high voltage cable for electricity,

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय २०७८ फागुन मसान्तसम्म प्रदेश र स्थानीय सडकको हिमाली क्षेत्रमा १६ प्रतिशत पहाडमा ५५ प्रतिशत र तराईमा २९ प्रतिशत रहेको छ

। स्थानीय पूर्वाधारअन्तर्गत २०७८ असारसम्म ९१७३ झोलु पुल र ६२३ सडकपुल निर्माण छ । चालू आर्थिक वर्षको फागुनसम्म थप २१५ झोलुंगेपुल र छ । २०७० फागुनसम्म ९.३८८ झोलुंगेपुल र ६२७ सडकपुल निर्माण भइसकेको छ ।  पहिचान भएका १४३ तुईन मध्ये २०७८ फागुनसम्म १३४ तुइन झोलुहे पुलद्वारा विस्थापित भएका छन् ।

३८ हजार ३ सय ३ इम्बोस्ड नम्बर प्लेट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्यअन्तर्गत २०७८ असार सम्ममा ३८ हजार ३ सय ३ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भई ९ हजार ५१ सवारी साधनमा जडान गरिएको छ ।

चालू आर्थिक वर्षको फागुनसम्म १ लाख ३५ हजार ३ सय ४१ इम्बोस्ड नम्बर प्लेट उत्पादन भई ८ हजार ३ सय ६७ सवारी साधनमा जडान गरिएको छ ।

२०७८ फागुनसम्म १७ हजार ४ सय १८ सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ चालू आर्थिक वर्षको फागुनसम्म थप २ लाख ४६ हजार ६ सय ५२ सवारी चालक अनुमतिपत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड वितरण भई हालसम्म २३ लाख ३७ हजार ५ सय २ सवारी चालक अनुमतिपत्र वितरण भएको छ । २०७८ असारसम्म २० लाख ९० हजार ८ सय ५० सवारी चालक अनुमतिपत्र वितरण भएको थियो ।

सार्वजनिक यातायातमा जीपीएस भेइकल ट्रयाकिङ प्रणाली लागू गर्नका लागि यससँगसम्बन्धित प्रणाली विकास गरिएको छ । चालू आर्थिक वर्षको फागुनसम्म ३५ सार्वजनिक १४७ सवारी साधनमा उक्त प्रणाली जडान भएको छ ।

साथै सार्वजनिक यातायात सेवामा अनलाइन टिकट खरिद विकी सुरुवात भएको छ । रेल यातायात जयनगर–जनकपुर–कुर्था विजलपुरा–बर्दिबास तथा बथनाहा– विराटनगर रेलमार्गको नेपालतर्फको ७९ किमिमध्ये २०७८ असारसम्म ५६ किलोमिटर रेलमार्ग निर्माण सम्पन्न भएको छ ।

चालू आर्थिक वर्षमा जयनगर–कुर्था खण्डमा रेल सेवा सञ्चालनमा आएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बर्दिबास–निजगढ खण्डमा २०७८ असारसम्म ४९.० किलोमिटर ट्याक बेड निर्माण भएकोमा चालू आर्थिक वर्षको फागुनसम्म १.५ किलोमिटर थप ट्याक बेड निर्माण भई हालसम्म ५०.५ किलोमिटर ट्याक बेड निर्माण भएको छ ।

energy poles. high voltage post. High-voltage tower sky background. hrough a mast of a high voltage cable for electricity,

 

 

राष्ट्रिय गौरवका रेलमार्ग ९४५ किलोमिटर (लिंकसहित १,०५६ किलोमिटर) को विस्तृत अध्ययन प्रतिवेदन तयारभएको छ । वीरगन्ज– काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न भारत सरकारसँग सम्झौता ज्ञापनपत्र सम्पन्न भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म कूल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन नियमित भइरहेको छ । चालु आवमा एकहजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो ।

त्यसमा रसुवागढी आयोजनाबाट कूल १११ मेगावाट, साञ्जेन र माथिल्लो साञ्जेनबाट ५६ मेगावाट, त्रिशूली थ्रीबीबाट ३७ मेगावाट, राहुघाटबाट ४० मेगावाट, मध्य भोटेकोसीबाट १०२ मेगावाट र निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट एक हजार ५५ मेगावाटबिजुली राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको भए पनि लक्ष्यअनुसार प्रगति हुन नसकेको उक्त सर्वेक्षणमा उल्लेख छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विवरणअनुसार राहुघाट जलविद्युत् आयोजनाको भौतिक प्रगति ४२.६८, माथिल्लो त्रिशुलीथ्री बीको भौतिक प्रगति ६१.५, रसुवागढी आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत, माथिल्लो साञ्जेनको ९३ प्रतिशत, तल्लो साञ्जेनकोभौतिक प्रगति ८६ प्रतिशत र मध्य भोटेकोसीको भौतिक प्रगति ८० प्रतिशत बराबर छ ।

सो अवधिमा ५०० घरधुरीमा निःशुल्क बिजुली मिटर जडान र थप पाँच पाँच जिल्लामा विद्युतीकरण सम्पन्न भएको छ ।चालु आवमा उखुको बगासबाट तीन मेगावाट बिजुली र सौर्य ऊर्जाबाट १४ मेगावाट गरी थप १७ मेगावाट बिजुली उत्पादन भएको छ ।

त्यस्तै, ७२ हजार थान थ्री फेज स्मार्ट मिटर खरिद गरिएको, हालसम्म ४३ हजार ९३० थान प्रतिस्थापन गरी एएमआई प्रणालीमा जोडिएको छ । त्यस्तै, २४ हजार ९३९ थान नयाँ ग्राहकमा जडान भएको छ ।

चालु आवको चैत मसान्तसम्म १७ लाख ५३ हजार ६४२ व्यवसायी स्थायी लेखा नम्बर जारी भएको, २९ लाख चार हजार ७७१ व्यक्तिगतलेखा नम्बर, दुई लाख ९० हजार ८२६ मूल्य अभिवृद्धि कर र एक लाख १४ हजार ८८३ अन्तःशुल्कमा दर्ता भएका छन् ।

 

६२१ मेघावट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

१७ हजार किलोमिटर कालोपत्र

६२१ मेघावट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

नगर कार्यपालिकाको चुनावमा गठबन्धन विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *