जुम्लाका यार्सा पाटनमा भिडभाड, गाउँ बस्ती रित्तै

जुम्ला। जुम्लाका स्थानीय यार्सागुम्बा संकलन गर्न पाटनतर्फ लागेका छन्। यहाँका बासिन्दाकाे मुख्य आर्थिक स्रोत यार्सागुम्बा संकलन सिजन सुरू भएपछि जुम्लाका अधिकांस ग्रामिण बस्ती रित्तिएका छन भने पाटन जानेकाे लर्काे लागेकाे छ।

यार्सागुम्बा संकलनको लागि  तातोपानी, गुठीचौर, तिला, पातारासीलगायत ग्रमीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ जाने गरेका छन्। १ जेठबाट जुम्ला पातारासी क्षेत्रका युवा मात्रै हाेइन युवायुवती र वृद्धवृद्धासम्म बच्चा बोकेर  पाटनतर्फ लागेका हुन्।

स्थानीय तह निर्वाचन सकिएलगत्तै सबै युवायुवती, वृद्धवृद्धा पाटनतिर गएको पातारासी गाउँपालिका-२ तल्फिका ५९ वर्षीय भैरब बोहोराले बताए । उनले भने, ‘१८ वर्षभन्दा माथि ५० वर्षमुनिका सबै स्थानीयवासी यार्सागुम्बा संकलन गर्न गएका छन्। तल्फी हुरीमहरी पेरे गडिगाउँ चौर छुमगाउँ सबैका  घरमा ताला लगाएर गएका छन्।’

खेतिपाती खासै नभएकाले यसले वर्षभरि खान नपुग्ने उनले बताए। यसले गर्दा स्थानीयवासीकाे मुख्य जीविकाेपाजर्नको  स्राेत नै जडिबुटी हो।  घरको उत्पादनले  बाह्रै  महिना खाना पुग्दैन। घर खर्चदेखि बालबच्चालाई  स्कुल पढाउन लेखाउँन, लुगाफाटो किन्न समेत यार्सा संकलन गर्न जानुकाे  विकल्प छैन। बोहोराले भने, ‘मकै, आलु, कोदो, चिन्नु गोड्मेल  र घरायसी सबै  काम महिलाले गर्दछन्। घरको सबै  समान जोहो गर्न यार्साकै भर पर्नु पर्ने अवस्था छ।

यर्सा टिप्न गएका सबै फर्किँदैन 
गाउँमा रोजगारीको कुनै उपाय नहुँदा जीविकाेपार्जनका लागि यार्सा टिप्न पाटन  जानेमध्ये लेक लागेरबीच बाटोमै मृत्यु हुने समेत गरेको छ। ‘कसैले अम्दानी गरेर आउँछन्, कसैको ज्यानै गुमाउँछन्।’ पातारासी-२ का  ६८ वर्षीय कालीबहादुर सार्कीले भने, ‘बढ्दो गरिबी र बेरोजगारीको कारणले ज्यानको बाजी राखेर यर्सा संकलन गर्न जाने गर्छन्। यार्सा  टिप्न सक्नेले ५० हजारदेखि चार लाख सम्म  कमाउँछन्।’ कोही उल्टै ऋण थपेर आउछन्। उनले थपे  यो एउटा ठुलो युद्व जित्नु र हार्नु बराबर मानिन्छ प्रत्येक वर्ष पातारासीका मात्रै होइन जुम्लाका अधिकांस नागरिक  ज्यान बाजी राखेर   पाटन जाने गरेका छन्।

पाटन जानुअघि देवताकाे भाकल 
पातारासीका कालीबहादुर सार्कीका अनुसार हिन्दुधर्म परम्पराअनुसार पाटन जाने अघिल्लाे दिन घरमा धामीझाँक्री बाेलाएर देवता भाकल गरिन्छ। त्यहि धामीले  दिन दिए अनुसार  पाटन जाने गरेका हुन्छन्। धामीले  घर छोडेर जाने दिन, शुभ  छ अथावा अशुभ छ सबै जानकारी दिन्छन्। कतिपयत धामीझाँक्रीका विश्वासले घरमै रोकिने गर्छन्। देवतासँग दिन मागेर जाने गरेको भएपछि पाटनमा हुने अक्सिजन अभावले (लेक ) लागेर  मर्ने गरेका छन्।

जुम्लाका यार्सा पाटनमा भिडभाड, गाउँ बस्ती रित्तै

पहुचको आधरमा टिकट वितरण भएपछि सास्ती

जुम्लाका यार्सा पाटनमा भिडभाड, गाउँ बस्ती रित्तै

लाइसेन्सका लागि अनलाइनबाट दिएका सबै आवेदन रद्द

Leave a comment

Your email address will not be published. Required fields are marked *