पहुचको आधरमा टिकट वितरण भएपछि सास्ती

सुर्खेत, १६ जेठ
हुम्लाको सिमकोट गाउँपालिका–२, छेयका मनोज वोहोराले हुम्ला विमानस्थलमा विमानको टिकटका लागि धाउन थालेको एक हप्ता पुगिसकेको छ । स्थानीय निर्वाचनका लागि जन्मस्थान हुम्ला पुगेका वोहोरा गत जेठ ३ गतेदेखि सुर्खेत फर्कन खोजिरहेका थिए ।
तर हालसम्म पनि वोहोराले प्लेनको टिकट भने पाएका छैनन् । उनले भने, । हरेक दिन एयरपोर्ट धाउनुपर्ने वाध्यता भएको छ । समयमै सुर्खेत झर्नुपर्ने आवश्यकता हो । तर यता प्लेनको टिकट नपाएपछि भने सुर्खेत झर्न पाइएको छैन ।’
वोहोरा सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत छात्र हुन् । विश्वविद्यालयमा सोमबार देखि परिक्षा सुरु हुँदैछ ।
युआह्वानकर्मीसँग टेलिफोनमा कुरा गर्दै उनले भने, । सोमबार देखि मेरो दोस्रो सेमेष्टरको परिक्षा सञ्चालन हुँदैछ । यता प्लेन टिकट नपाएर बसेको छु ।’ हुम्ला विमानस्थलमा अहिले सुर्खेत र नेपालगञ्जका लागि दैनिक एक–दुई उडान मात्र भएका छन् ।
निर्वाचनका लागी गाउँ फर्किएका यात्रुको चाप विमानस्थलमा बढेको छ । वोहोराका अनुसार हुम्ला विमानस्थलमा टिकट नपाएर सास्ती पाएका यात्रुहरुको संख्या ५०–६० जना रहेको छ ।
स्थानीय निर्वाचन समयमा नेताहरुले नै विमान चार्टर गरेर मतदातालाई जिल्ला भित्राएका थिए । वोहोराले भने, । चुनाव अघि नेताहरुले विमान चार्टर गरेरै पनि ल्याएका थिए । अहिले फर्कने समयमा नियमित उडान नभएपछि टिकट पाउनै मुस्किल भएको छ ।’
विद्यार्थीहरु रहेको वोहोराले बताए । टिकट नपायर यात्रुले सास्ती भोगिरहेको विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारसँग बुझ्न खोज्दा उनले सास्तीको अवस्था नरहेको बताइन् ।
निर्वाचन सकिएलगत्तै विमानस्थलमा यात्रुको चाप बढेको र कम संख्यामा उडान भईरहेको समयमा केहि भिड भएपनि हाल विमानस्थलमा हवाई टिकटको पहुँच सहज रहेको प्रजिअ परियारले जनाइन् ।
विमानस्थलमा टिकटका विषयमा तारा एयरका हुम्ला प्रमुख सरस्वती लामासँग फोन सम्पर्क गर्न खोज्दा उनको फोनउठेन । यसका साथै सिता एयरका अर्का कर्मचारी नर्वुलामाको समेत फोन उठेको छैन ।







