लाइसेन्सका लागि अनलाइनबाट दिएका सबै आवेदन रद्द

काठमाडाैं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अहिलेसम्म अनलाइनमार्फत् दिएका सबै आवेदन रद्द गरेको छ।
नयाँ अनलाइन प्रणाली सुरु गर्ने भन्दै विभागले आएका सबै आवेदनलाई एक मुष्ट रद्द गर्दै पुनः दिन आह्वान गरेको हो।
विभागले जारी गरेको सूचनाअनुसार अब लाइसेन्स लिन चाहनेले सोमबार बेलुका ६ बजेदेति नयाँ प्रणालीमा आवेदन दिन सक्नेछन्।
लाइसेन्स थप गर्न चाहनेले अर्को हप्ताबाट मात्रै आवेदन दिन सक्नेछन्।






