दैलेखकाे राकममा ट्रमा सेन्टर स्थापना, प्रादेशिक अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गरिने

सुर्खेत । दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ । त्यसका लागि आगामी आर्थिक बर्षमा बजेटको व्यवस्थापन गरिएको अर्थ मन्त्री जनार्दन शर्माले बताए ।

यस्तै सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पतालाई पनि मेडिकल कलेजका रुपमा विकास गरिने छ भने सुर्खेतको सुभाघाट वृहत खानेपानी आयोजना आगामी आर्थिक बर्षमै सम्पन्न गरिने छ् ।

प्रदेश अस्पताललाई डायलासिस मेशिन खरिद गर्न २० करोड बजेट व्यवस्थापन गरिएको छ भने जुम्लाको टोप्ला पाटनमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर स्थापना गरिने छ । हुम्ला जिल्ललाको दरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *