सूर्यज्योति माविको पक्की भवन शिलान्यास

दिलिप ढकाल
गुर्भाकोट, १५ चैत्र ।
गुर्भाकोट नगरपालिकाको शैक्षिक धरोहर को रुपमा रहेको पुरानो सुर्य ज्योति माध्यमिक बिद्यालय मेहलकुनामा हालै निर्माणाधिन भएको ४ कोठे पक्की भबनको शिलान्यास गरिएको छ ।
गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले उक्त ४ कोठे पक्की भबनको शिलान्यास गर्नुभएको हो । यो बर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छत्तिस लाख बराबरको बजेटबाट उक्त भबनको निर्माण हुन लागेको सुर्य ज्योती माबिका प्रधानाध्यापक हिक्मत रोकाले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा गुर्भाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बिर्ख बहादुर नेपालीको उपस्थिति रहेको थियो ।
त्यसैगरी गुर्भाकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चित्र बहादुर रेग्मी, सुर्य ज्योती प्राबि तथा सुर्य ज्योती माबिका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
उक्त ४ कोठे भबन निर्माण पश्चात् मावि तहका कक्षा सञ्चालन हुने सुर्य ज्योती माध्यमिक बिद्यालयका प्रधानाध्यापक हिक्मत रोकाले जानकारी दिनुभयो । यहि आर्थिक बर्षमा निर्माण सकिने गरी काम सुरु भएको समेत उहाँले जानकारी दिनुभएको छ ।






