कोहलपुर नजिकै टिपरको ठक्करबाट एक जनाको मृत्यु

बाँके, १५ चैत्र ।
नेपालगञ्जको राँझा चोकमा टिपरको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ गइरहेको भे १ क ६५७ नम्बरको टिपरले नेपालगञ्ज २० स्थित राँझा चोकमा ठक्कर दिँदा हुम्लाका वीरबरे भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो काट्ने क्रमका टिपरले उहाँलाई ठक्कर दिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार ५५ वर्षीय भण्डारी हुम्ला घर भएर हाल नेपालगञ्ज २० मा बस्दै अएका थिए ।

दुर्घटना लगत्तै ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिनुभयो ।

दुर्घटनापछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेका छन् । प्रहरीले सडक खुलाउन खोज्दा केही समय तनाव भएको थियो । अहिले भने स्थिति सामान्य भएको छ ।

कोहलपुर नजिकै टिपरको ठक्करबाट एक जनाको मृत्यु

कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रम : असार नलाग्दै

कोहलपुर नजिकै टिपरको ठक्करबाट एक जनाको मृत्यु

हतियार बुझाउन जाजरकोट प्रशासनको अल्टिमेटम

Leave a comment

Your email address will not be published. Required fields are marked *