त्रिभुवन माविमा अनेरास्ववियुको कमिटी

दल्ली (जाजरकोट), १५ चैत्र ।
नलगाड नगरपालिका–७ दल्लीमा रहेको त्रिभुवन माध्यमिक विद्यालय कृषितर्फ अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन गरिएको छ । पदम डाँगीको अध्यक्षतामा १५ सदस्यीय नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु प्रारम्भिक गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा बागेश्वरी बटला, सचिवमा पुजा रोकाय, सहसचिवमा कल्पना पुन, कोषाध्यक्षमा अमृता घर्ती चयन हुनुभएको छ ।  नेकपा एमाले प्रदेश कमिटी सदस्य नवराज सिंहको प्रमुख आतिथ्यता, एमाले जिल्ला कमिटी सचिबालय सदस्य सुनिता बोहरा, एमाले नगर कमिटी उपाध्यक्ष हेमन्त बुढाको उपस्थितिमा विद्यार्थीको कमिटी गठन गरिएको थियो ।

त्रिभुवन माविमा अनेरास्ववियुको कमिटी

बागचौरबाट आँखा तथा कान उपचारको सेवा सुरु

त्रिभुवन माविमा अनेरास्ववियुको कमिटी

कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रम : असार नलाग्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *